गैडाकोटमा भारतीय नम्बर प्लेटको ट्रकले जिपलाइ ठक्कर दिएपछि बाटो अवरुद्ध 

भरतपुर मङ्सिर ०३ ।गैडाकोटमा भारतीय नम्बर प्लेटको ट्रकले जिपलाइ ठक्कर दिएको छ । दुर्घटनामा जिपमा सवार चालक सहित २ जना घाइते भएका छन् ।  घाइतेको अवस्था सामान्य छ ।
एचार ९८ यु ९७८१ नम्बरको ट्रकले गैंडाकोट नगरपालिका गैंडाकोट ढाट नजिक सोहि दिसामा जादै गरेको ना ३ च ९४१५ को जिप लाई ठक्कर दिएको हो । दुर्घटना कारण हजारौं यात्री अलपत्र परेका छ्न ।  दुर्घटनाका कारण सडक अवरुद्ध भएको बताइएको छ ।