चेपाङ विद्यार्थीलाई न्यानो कपडा

सिद्धि ,३ मंसिर । रोटरी क्लब अफ नारायणगढले कालिका नगरपालिका ११ स्थित रन्तेसका विद्यार्थीलाई पोषाक वितरण गरेको हो । आथिर्क विपन्नता भएका कारण चेपाङ वीसतमा पुगेर सहयोग गरेको हो । क्लबे ६९ जना विद्यार्थीलाई स्विटर तथा टोपी वितरण गरेको छ ।
विद्यार्थीसंगै उनीहरुका अभिभाबकलाई समेत कपडा वितरण गरिएको थियो ।बालबालिकालाई पढ्ने वातावरण बनाउने भन्दै परिवारमा पनि लुगा वितरण गरिएको क्लबले जनाएको छ ।डेढ सय जना अभिभाबकलाई जाडोमा लगाउने लुगा वितरण गरिएको थियो ।
विद्यार्थीहरु खाली खुट्टा आउने समस्या देखेपछि क्लबका आगामी कार्यकालका अध्यक्ष सुसनलाल प्रधानले नगद दश हजार सहयोग गरे । वैवाहिक वर्षगाँठको अवसरमा पत्नी सम्झना प्रधानसंगै उनले सहयोग गरेका हुन । चिसो लागेपछि विद्यालय आउन समस्या भएपछि विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको रोटरी क्लब अफ नारायणगढका अध्यक्ष रमेश पौडेलले बताए । कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरञ्जन प्रधान ,, सचिव अरुण खनाल , गामवेशी चेपाङ संरक्षणका अध्यक्ष केपीकिरण शर्मा , विद्यालयका प्रधनाध्यापक दिनेश चेपाङ लगाएतले बोलेका थिए । सहयोग हस्तान्तरण गर्न क्लबका निवर्तमान अध्यक्ष नारायण प्रधान , पूर्व अध्यक्ष विज्ञानलाल श्रेष्ठ लगाएत क्लबका टोली रन्तेस पुगेका थिए ।