कसरी जन्मायो मान्छेजस्तो पाठो

 

रुकुम, ३ मंसिर । रुकुमको मुसीकोट नगरपालिका १० स्थित एक घरमा बाख्राले यस्तो बच्चा जन्माएपछि यसलाई धेरै हिसाबले अथ्र्याउने प्रयास गरियो ।

मान्छेको बच्चाको जस्तो देखिने बाख्राको पाठो जन्मिएपछि केही स्थानीयले यो भूतप्रेत हुनसक्ने पनि बताए । तर पशु स्वास्थ्यकर्मीहरुले भने यसलाई सामान्य भनेका छन् ।

पशु स्वास्थ्यकर्मी हेमराज आचार्यले भन्नुभयो– ‘स्तनधारी जनावरको विकास हुने क्रममा जीन म्यूटेसन हुन्छ र बच्चा विकासको क्रम मा यस्ता हुन्छन् यी सामान्य कुरा नै हुन् ।

काठमाडौं विश्वविद्यालयबाट पशु विज्ञानमा स्तानक गरेका आचार्यले थप भन्नुभयो– जीनको विकास हुने बेला यौटै गति मा हुन्न विकृति पनि हुन्छ । जीन म्यूटेसन भनेको बाहिरी जीन मिसिनु हो ।

जीन विकासको कुरा भए पनि कुनै मानवको बच्चा भने होइन ।

यसरी बिकृत भएका जनावरका बच्चा बंगुर र मान्छेका आधारमा धेरै देखिने गरेका छन् । यो कुनै अनौठो होइन, पाठोको विकास हुँदा बिग्रिएको हो ।

प्राध्यापक डा। श्रीराम अधिकारीले गर्भाधारणमा देखिएको कमजोरपन, कमजोर वीर्य, हर्मनको कमजोरी आदि कारणले जीन उत्परिवर्तन म्यूटेसन हुने गरेको बताउनुभयो । गर्भवती बाख्राले पर्याप्त पोषणतत्व नपाउनु पनि यसको अर्को भएको उहाँले जानकारी दिनुभयो ।