दशैँपछि पहिलोपटक प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा, प्रकाशको श्रदाञ्जली सभामा

काठमाडौं,३ मंसिर । स्वास्थ्यमा समस्य आएपछि लामो समयदेखि सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाशको पहिलो वार्षिक तिथिमा प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहभागी भएका हुन्।

यसअघि कोलम्बो प्रोसेसको छैटौं मन्त्रीस्तरीय बैठकको उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको थियो। तर, स्वास्थ्य अवस्थाका कारण सहभागी भएका थिएनन्।

अस्पतालबाट डिस्चार्ज भएको १७ दिनपछि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री सहभागी भएका हुन्।

कार्यक्रममा सम्बोधन गर्दै प्रम केपी शर्मा ओलीले पुत्र वियोगको समयमा पनि पुष्पकमल दाहाल प्रचण्डले असाधरण धैर्यता देखाएको बताएका छन्।