आन्तरीक राजस्व कार्यालय चितवनद्वारा पहिलो करदाता नरेन्द्र मल्ल सम्मानित

चितवन, २ मंसिर । आन्तरीक राजस्व कार्यालय चितवनले कर सप्ताहा २०७५ अन्तर्गत आईतबार पहिलो करदाता लाई सम्मान गरेको छ । कर  समृद्ध नेपाल सुखी नेपालीको भर भन्ने मुल नाराका साथ कर सप्ताहा मनाईरहेको कार्यालयले सप्ताहा व्यापी कार्यक्रमको दोस्रो दिन अन्तर्गत पहिलो करदातालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नरेन्द्र मल्ल रहनु भएको छ । कार्यालयका प्रमुख शुब प्रसाद रिजालका अनुसार करदातामा उत्साह वढोस भन्ने उद्धेश्यका साथ आईतबार कर तिर्न आउने पहिलो कर दातालाई सम्मन गरिएको हो । मल्लले स्थाई लेखा नम्बर ६०८७४१८९९ मार्फत नियाना पोल्ट्री फर्मको कर भूक्तानि गर्नु भएको थियो । रत्ननगर नगरपालिका वडा नम्बर ९ अमृत पानीमा रहेको सो फर्मका संञ्चालक हुनुहुन्छ मल्ल ।

यसै बिच कार्यालयले व्यवसाय दर्ता तथा खारेजि विषय अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लामा रहेका स्थानिय तह तथा सरकारी कार्यलयहरु गरि १० वटा कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा कर अधिकृत धनेश्वर अर्यालले व्यवसाय दर्ता, स्थायी लेखा नम्बर लिने सम्बन्धमा भएको व्यवस्था, स्थायी लेखा नम्बर जारी गर्दा आवश्यक कागजात, स्थायी लेखा नम्बर जारी गर्दा देखिएका समस्या, दर्ता खारेजीको प्रकृया, दर्ता खारेजीमा देखिएको समस्या लगाएतका विषयमा जानकारी गराउनु भएको थियो ।

सो अवसरमा बोल्ने बक्ताहरुले पछिल्लो समयमा भएका समस्याहरु समाधान गर्न कठिनाई भएको बताएका थिए । कार्यालयले सप्ताव्यापि कार्यक्रमको पहिलो दिन शनिबार कार्यालयले प्रभातफेरी गरेको थियो । त्यस्तै ३ गते सोमबार उधोग वाणिज्य संघ चितवनसंग र मंसिर ४ गते उधोग वाणिज्य संघ रत्ननगरसँग आर्थिक ऐन २०७५ ले दिएका सुविधाका सम्बन्धमा अन्तक्रिया, ५ र ६ गते उधोग वाणिज्य संघ ईच्छाकामना र उधोग वाणिज्य संघ खैरहनीका करदाताहरुसंग अन्तक्रिया गरी ६ गते कर दिवस समापन समारोह गरिने छ । चितवन र नवलपुर जिल्ला हेदै आएको यस कार्यालयमा ४८ हजार ३ सय ७१ करदाता रहेका छन । यस्तै व्यतिगत पान नम्बर लिने ३२ हजार ६ सय ९५, मुल्य अभिबूद्धिकरमा दर्ता भएका ७ हजार ७ सय ३५ र अन्तशुल्क ईजाजत नवीकरण गरिएको आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख रिजालले जानकारी दिनु भयो ।