संघियता मन नपराउनेहरुले सरकारको राम्रो कामको पनि विरोध गरिरहेको छ : प्रदेशमन्त्री गुरुङ

गोरखा,२ मंसिर । साधना लगुबित्त बित्तिय संस्था लिमिटेडको शाखा कार्यलय बारपाकको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको छ। गण्डकी प्रदेश आर्थिक मामीला तथा योजना मन्त्री किरण गुरुङ , को प्रमुख आथित्यता पुर्ब सांसद तथा नेकपा केन्द्रिय सदस्य कृष्ण धिताल ,बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट को विशेष आथित्यतामा भएको कार्यक्रममा बारपाक सुलिकोट गाउॅपालिका वडा १ का वडा अध्यक्ष रोशन बि.क, २ का अध्यक्ष लाल ब गुरुङ ,संस्था का प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने, नेपाल राष्ट्र बैक का निर्देशक रावान बिक्रम थापा , राष्ट्रिय बाणिज्य बैकका प्रमुख लगायत ले मन्तब्य राख्नुभएको थियो।

उक्त कार्यक्रमा बोल्दै मन्त्री गुरुङले अहिले संघियता मन नपराउनेहरुले सरकारले गरेको राम्रो कामको पनि बिरोध गर्ने गरेको ,१२ किलो (भालुस्वारा) बारपाक सडक कालो पत्रेमा भएको ढिलाइ प्रती खेद प्रकटगर्नुभयो ।

मन्त्री गुरुङले स्थानिय सरकार सगॅ समन्वय गरेर प्रदेश सरकारले काम गर्ने बताउदैँ  मागेर देश बिकास र समृद्ध नहुने पनि बताउनुभयो । उहाँले भन्नुभयो“ स्थानिय सरकार सगॅ समन्वय गरेर प्रदेश सरकारले काम गर्नेछ मागेर देश बिकास र समृद्धहुदैन ,देश बिकास गर्न हामी सबै लाग्नु पर्छ , प्रदेश सरकार ले पर्यटन लाई विशेष प्रथामिकतामा राखेर काम गरि रहेको र भन्दै बारपाक बिकास को लागि जस्तो सुकै सहयोग गर्न पनि प्रदेश सरकार तयार छ ।”