सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी सुरजकुमार

काठमाडौँ,२ मंसिर । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुरजकुमार श्रेष्ठ नियुक्त भएका छन् । यसअघि डिआइजी बाबुराम पाण्डे सशस्त्र प्रहरी प्रवक्ता थिए । कुनै जानकारी लिन परेमा नव नियुक्त प्रवक्ता श्रेष्ठलाई मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।