मुहार फेर्दै बुढानिलकन्ठ मन्दिर, नयाँ ब्यबस्थापन समितीले गर्यो यस्तो काम

काठमाडौँ २ मंसिर ।बुढानिलकण्ठ नाराणस्थान मन्दिरको आफ्नै धार्मिक तथा ऐतिहासिक महत्व रही आएको छ । बर्सेनी लाखौंको सन्ख्यामा यहाँ भक्तजनहरु मन्दिर दर्शन गर्न आउने गरेका छन । पानीमाथि नागको आसन गरी बिराजमान भगवानको दर्शन गर्नाले मानिसको पाप नस्ट भै पुन्य कमाउने धार्मिक विश्वाश रहिआएको छ । निकै पुरानो मन्दिर नारायणस्थान मन्दिरको ब्यवस्थापन केही समय अगाडि निकै दयनिय थियो । वरिपरि यत्र तत्र छरिएको फोहोर देखिन्थ्यो । मन्दिर बाहिर मनपरी दान दक्षिणा उठाउने हरुको लर्को नै हुने गर्दथ्यो । साथमा त्यो उठेको रकम कहाँ र कसरी खर्च हुन्छ भन्नेमा सर्वसाधारण अनबिज्ञ रहनु पर्दथ्यो ।
तर यतिखेर बुढानिलकण्ठ नाराणस्थान मन्दिरको मुहार फेरिएको छ । करिब १५ महिना पहिले सकुल शाहको अध्यक्षतामा चयन भएको बुढानिलकण्ठ नाराणस्थान मन्दिर ब्यवस्थापन समितीले यतिखेर मन्दिरलाई मन्दिर जस्तो बनाउन लागिपरेको छ । शाहको अध्यक्षतामा मन्दिर ब्यवस्थापनले बिभिन्न खालका सुधार र विकासका काम हरु गरेको छ जुन निकै प्रसंसनिय छ ।
शाहले सबैभन्दा पहिले मनपरी संस्थाले अनधिकृत रुपमा चन्दा उठाउने कार्यलाई बन्द गराए र आर्थिक व्यवस्था डिजिटल बोर्ड बाट प्रदान गरी आर्थिक ब्यवस्थालाई पारदर्शीरुपमा दिन थाले । यस्तै अलपत्र रहेको गुरुकुल लाई पनि शाह अध्यक्ष रहेको नारायणस्थान व्यवस्थापन समितिले सुधार गरी सन्चालनमा ल्याएका छन ।

शाहको अध्यक्षतामा समिती गठन हुनु भन्दा पहिले व्यवस्थापन समितिको लागि एउटा अफिस सम्म नरहेको र यसको लागि आफ्नो समितिले ठुलो बिल्डिङ नै बनाएको शाह बताउछन । अहिले यो समितिको अफिस त्यसै बिल्डिङमा छ । शाहले आफ्नै शब्द लेखनमा बुढानिलकण्ठको इतिहास झल्किने भजन पनि निकालेकालेका छन जसले गर्दा भजनको माध्यमले बुढानिलकण्ठ नारायणस्थान मन्दिरको इतिहास धेरैले जान्न सक्ने छन । करिब आधा घण्टाको बसाइमा शाहले आफु कार्यसमितिमा रहुन्जेल सम्म मन्दिरको गुरुयोजना लाई पूर्णता दिन लागिपरेको बताए । बाँकी भिडियोमा हेर्नुहोस्
https://youtu.be/mKlico8BzhU