सौराहा फुड फेष्टिवल : अधिकारी सह संयोजक,घिमिरे कार्यसम्पादन समिति सदस्य

चितवन ०२ मंसिर । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाको आयोजनामा हुने १३ औँ सौराहा फुड फेष्टिवलको सह संयोजकमा लीलाबहादुर अधिकारी (कृष्ण) र कार्यसम्पादन समितिको सदस्यमा दुर्गाप्रसाद घिमिरेलाई मोनोनित गरिएको छ ।

रेवानको पूर्ण बैठकले अधिकारीलाई फेष्टिबलको सह संयोजक र लेखा समितिका संयोजक घिमिरेलाई कार्य सम्पादन समिति सदस्यमा मनोनित गरिएको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।

यस भन्दा अघि बसेको रेवानको बैठकले धु्रब गिरी संयोजक रहेको कार्यसम्पादन समिति र फेष्टिवल सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरेको थियो । चितवनको पर्यटन प्रर्बधनको लागि रेवान सौराहाले हरेक बर्ष फुड फेष्टिवल आयोजना गर्दै आएको रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । आगामी माग २८ गतेदेखि फागुन ३ गतेसम्म फुड फेष्टिवल हुदैछ ।