सहिद स्मृति माविको बृहत धनधान्याञ्चल ज्ञान महायज्ञको तयारि तिब्र

भरतपुर मङ्सिर ०२ । भरतपुर–६ पारसनगरमा रहेको सहिद स्मृति माविको बृहत धनधान्याञ्चल ज्ञान महायज्ञको तयारि तिब्र पारिएको छ । स्वर्ण महोत्सबको अबसरमा आफ्ना भाबि सेवालाई समय सापेक्ष गुणस्तरिय एवं प्रभाबकारी बनाइ बिद्यालयको भौतिक संरचना निर्माण गरि कक्षा ११र१२ र प्राबिधिक शिक्षाका कक्षा संचालनका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गर्न लागिएको हो । पौष ५ गते देखि १३ गते सम्म संचालन हुने महायज्ञमा श्रीमद्भागवत पारायण तथा कथा बाचन युवा पण्डित बालकृष्ण अर्यालले गर्नु हुनेछ । 

महायज्ञ सफल बनाउन ५७ सदस्यीय उप–समिति गठन गरि तयारि तिब्र पारिएको महायज्ञ मूल समारोह समितिका संयोजक एवं बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद तिवारीले बताए । दैनिक ५÷६ वटा उपसमितिको बैठक बसी योजना तर्जुमा तथा जिम्मेवारी बाडफाड भैरहेको छ । “विद्यालयको शिक्षालाइ समय सापेक्ष बनाइ प्राबिधिक शिक्षा र कक्षा ११ र १२ संचालन तथा जग्गा खरिद गर्न महायज्ञ गर्न लागिएको छ ।” उनले भने,“सम्पूर्ण शिक्षा प्रेमी, समाजसेवी , धर्मानुरागीमा तन,मन र धनले सहयोग गर्दिनुहुन अनुरोध गर्दछु ।”

त्यस्तै बिद्यालयका प्रधानाध्यापक दीपेश पौडेलले आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरि महायज्ञलाइ सफल बनाउन सम्पूर्ण धर्म अनुरागीमा आग्रह गरे । उनका अनुसार सरकारी बिद्यालयमा कक्षा १० सम्म पूर्ण रुपमा निशुल्क अंग्रेजी माध्यमबाट पठाई हुने यहा आवस्यक भौतिक पूर्वाधारको अभाबमा दैनिक शैक्षिक क्रियाकलाप संचालन गर्न कठिन भएको छ ।

४ करोड ५० लाख आर्थिक संकलन गरिने लक्ष्य राखिएको सो महायज्ञ सम्पन्न गर्न करिब ४० लाख खर्च हुने अनुमान गरिएको छ ।

बिक्रम सम्बत २०२४ सालमा स्थापित सहिद स्मृतिले गुणस्तरीय शिक्षाको लागि निशुल्क अंग्रेजी माध्यमको पठनपाठन,कक्षा कोठामा स्मार्ट बोर्ड , प्रोजेक्टर मार्फत कक्षा संचालन, इ(लाइब्रेरि, साइन्स ल्याब लगाएतको व्यवस्था गरेपनि आवस्यक भौतिक पूर्वाधार र खेल मैदानको अभाब छ ।