सुध्रिएन कर्मचारीतन्त्र, पासोमा पर्यो ओली सरकारको ‘समृद्ध नेपाल : सुखी नेपाली’ सपना

राजेन्द्र अर्याल-

गत असोज १८ गते संसदको राज्य ब्यवस्था तथा सुशासन समितिको वैठकमा सांसदहरुले संघीयता असफल पार्न कर्मचारी तन्त्र नै लागि परेको आरेप लगाए । नेपालको निजामती कर्मचारी प्रशाशनको कार्यशैलीप्रति प्रतिपक्ष र सत्तारुढ दलकै सांसदहरुले गंभिर प्रश्न उठाए र आक्रोश पनि । सांसदहरुले सार्वजनिक प्रशाशनका प्रमुख ब्यक्ति अर्थात मुख्यसचिव लोकदर्शन रेग्मी सहित एक हुल उच्चपदस्थ पदाधिकारीहरुका सामु यसरी आक्रोश संगै प्रश्न पनि उठाए ।
तत्कालिन प्रधानमन्त्रीह माधवकुमार नेपाल र डा. वावुराम भट्टराई सिंहदरवार वाहिरिदै गर्दा आफूहरुले धेरै काम गर्न खोजे पनि कर्मचारी तन्त्रको असहयोगका कारण गर्न नसकेको गुनासो पोखेका थिए ।

यसबाट के वुझ्न सकिन्छ भने कर्मचारीतन्त्रप्रति नेताको पनि आस्था र विश्वास कमजोर वन्दै गएको छ । तर विकल्प छैन । नेताहरु भन्दा ज्यादा पीडित छन् जनता । कर्मचारी चन्त्रको स्वार्थ र अहंकार कति छ, त्यो हामी सवैले दिनहुँजसो भोगे, देखेकै कुरा हो । कुनै एउटा कार्यालयमा गयौ भने त्याहाँका हाकिम र कर्मचारीको सोंच , शैली, रवाफ र ब्यवहारबाट अनुभुती गर्न सक्छौ । स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र  सरकारको ऐना मात्र होइन, प्रतिनिधि पनिहो । जनताको आँगनमा कर्मचारी तन्त्रबाट नै सरकारको प्रतिविम्व पाउछन् जनताले । यद्यपी जनताले चाहाना गरे अनुरुप नेपालमा ठूलाठूला राजनितिक उथलपुथल भए, राजनीतिक परिवर्तन भए तर त्यस्को प्रभाव कर्मचारी तन्त्रमा देखा पर्न सकेको छैन । अर्थात जनताको वलमा पंचायत ढलेर वहुदलीय प्रजातन्त्र पुनःस्थापित भयो, २०४६ को जनआन्दोलनमार्फत । तर कर्मचारी तन्त्रउही पुरातन शैली बाटै चल्यो । २०६२(६३को जनआन्दोलन पछि मुलुममा राजसंस्थालाई विदाई गर्दै गणतन्त्र आयो । राजनीतिक व्यवस्था फेरियो तर कर्मचारी तन्त्रको अवस्था फेरिएन ।

अहिले मुलुकमा दुई तिहाई जनमत प्राप्त शक्तिशाली सरकार छ । मुलुमको स्थिरता, विकास र समृद्धिका लागिआफ्नो मार्ग्चित्र वनाएको छ सरकारले । नेपाल र नेपालीको सम्पन्नता र समुन्नतीका लागि स्वप्न दृष्टा, विकास प्रेमी ,दुरदृष्टी र आत्मविश्वासी राजनेता केपी शर्मा ओली सरकार प्रमुखका रुपमा देशले पाएको छ । राज्यको शासकीय स्वरुपको युगन्तकारी परिवर्तनपछि वनेको नेपालको नयाँ संविधान लागू भएपछि भएको निर्वाचनवाट वनेको शक्तिशाली सरकारका प्रधानमन्त्री ओलीमा दृढ ईच्छाशक्ति देखिन्छ समृद्ध नेपाल निमार्णका लागि । तर ओली सरकारबाट धेरै अपेक्षा र आशा पालेर वसेका जनताले त्यस अनुरुपको लाभांश प्राप्त गर्न सकिरहेका छैनन् ।

शक्तिशाली सरकार, कमजोर प्रतिपक्ष, सुक्ष्म ब्यवस्थापन गर्ने र दिनरात खट्न सक्ने प्रधानमन्त्री तर जनताले चाहे अनुरुप काम किन हुन सकिरहेको छैन रु यो अहमं विषयवनेको छ । जुन विषयले प्रधानमन्त्री ओलीलाई पनि चिन्तित वनाएको पाइन्छ । प्रधानमन्त्री ओली जुन दृढता र स्पिडका साथ समृद्ध नेपाल, सुखी नेपालको यात्रामा अघि बढिरहनुभएको छ, त्यो दृढता र स्पिडका साथ उहाँका मन्त्रीहरुले पनि लय टिप्न सकिरहेका छैनन् । कतिपय आशा गरेका भनिएका मत्रीहरुले भाका टिप्न न सकेनन् , विवादमा पनि तानिए । मन्त्रीहरु यात कर्मचारी तन्त्रको भुलभुलैया लुटपुटिए, यात विखलबन्दनमा छन् । मन्त्रीहरु मात्र होइन, कर्मचारी तन्त्रले पनि यो सरकारको लय टिप्न सकेन वा चाहेको छैन । यो गंभिर विषयहो ।
मन्त्रीहरुका विषयमा जनस्तरवाट आएको भावनालाई प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने संकेत देखिदैछ । तर समाधान यतिवाट मात्र संभव छैन ।

नेपालको कर्मचारी तन्त्रले अहिलेको सरकारलाई या त सहयोग गर्ने भित्रि ईच्छा छैन, यात आफूमा त्यो तत्परता, क्षमता र ईच्छाशक्ति नै छैन । यस विषयमा अध्ययन, छलफल र वहसको जरुरी छ । या त सरकारको स्पिड अनुसार अघि बढ्न, वढाउन तत्परता, क्षमता र ईच्छाशक्ति भएपनि कसैको दवाव छ, के सरकारले चौतर्फी घेरावन्दी भैरहेका वेला के कर्मचारीतन्त्र घेरावन्दी पनि थपिदै छ कि रु ६० वर्ष भन्दा लामो इतिहास बोकेको कर्मचारी तन्त्रअहिले पनि चालिसको दशक भन्दा माथि उठ्न सकेको छैन । सरकारले नीति वनाउछ, लागू गर्ने कर्मचारी तन्त्रले नै हो । तर नेपालमा भने प्रधानमन्त्रीले खाल्डा खुल्डी १५ दिनभित्र पुर्नोस भन्नु पर्ने बिडम्बनापुर्ण अवस्था छ । तर पनि महिनौं वित्छ पुरिदैन किन रु नत सम्बन्धित कर्मचारीमाथि कार्वाही हुन्छ ।

काम योजनाबाट होइन, संकल्पबाट गर्नुपर्छ भन्ने उद्धोषका साथ अघि बढेका प्रधानमन्त्रीका सपना यो अवस्थामा रहेको कर्मचारीतन्त्रवाट संभव छ त रु वहसको विषय हुनसक्छ । यो कर्मचारी तन्त्रको पुराततवादी सोंच, संस्कार, शैली र ब्यवहारवाट ओलीका सपना पुरा हुने कुरामा संशय पैदा भएको छ । यो कर्मचारीतन्त्रमा ओभरहोलिङ परिवर्तनको जरुरी छ । परम्परागत र याथास्थितिवादी सोच, र सरकार जिम्मेवारी पन्छाउने चलन, जोखिम नमोल्ने वानी बोकेको वर्तमान कर्मचारी तन्त्रबाट नयाँ परिवर्तन भन्दा पनि पुरानै वानी ब्योहोरा र संस्कारमा रमाउने प्रवृति ब्याप्त छ । यसले नेपालको विकास, समाज परिवर्तन र ब्यवस्थापनमा असहज र चुनौती पूर्ण वनाएको छ ।

देशले आँटिलो र भिजनरी नेतापाएका वेलाजवाफदेही, नतिजामूलक, जनमुखी र विकासमैत्री निजामती कर्मचारी प्रशाशनअर्थात कर्मचारीतन्त्रको खोजीमा छन् । त्यसोत सवै कर्मचारीलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन । ईच्छा शक्ति, क्षमता र केहि गरौं भन्ने उम्दा कर्मचारी पनि छन् तर ती दविएर वस्न वाध्य छन् । यहाँ सिस्टम कै खरावी छ । तसर्थ सिस्टम नै परिवर्तनको आवश्यकता छ । निजामती सेवामा दण्ड जरिवानाको कार्यान्वयन नहुनु, ट्रेड युनियनको दवदवा, दण्डहीनताको विद्यमान अवस्था, चाकडी चाप्लुसीको कायम प्रथा, योग्यता र क्षमताका आधारमा जिम्मेवारी नपाउने अवस्थाको अन्त्य गरी वैज्ञानिक पद्धतीको विकास, क्षमता अभिवृद्धि र वृत्ति विकास एवं अवसरको न्यायोचित वितरण गर्दै अधि वढ्न अव ढिलो गर्नुहुदैन ।

त्यसैगरी कर्मचारी तन्त्रभित्र रहेका रहेका विकृति र विसंगतीहरु हटाउदै स्वच्छ र सक्षम प्रशाशन निमार्ण गर्न जरुरी छ । यसका लागि परिवर्तित सन्दर्भमा सुशासनलाई अर्थ पूर्ण र परिणममुखी वनाउन प्रशाशनिक संरचनाको पुनरावलोकन, पुराना कानुनी ब्यवस्था र समयसापेक्ष नीतिगत ब्यवस्थाहरुमा ब्यापक सुधार र परिर्वतनको आवश्यकता छ । यससंगै प्रदेश र स्थानीय तहका साथै उपत्यका वाहिर जान नचाहने अवस्थाको अन्त्यगर्न तदअनुकुल आकर्षित गर्ने गरी ब्यवस्था गरिनुपर्छ। साथै छड्के प्रवेशको अन्त्य गर्नुका साथै पेन्सन पाकेका कर्मचारीहरुको आवश्यकताअनुसार अवकाश दिन सकिने ब्यवस्थाहरुको र नेपाली सेना तथा प्रहरी जस्तै तहअनुसार समय अवधिको किटान गर्ने ब्यवस्था मिलाउन सके केही परिवर्तन पनि देखा पर्न सक्नेछ ।

अहिलेको निराशाजनक परम्परागत प्रशाशनलाई रुपान्तरण नगरी न त दिगो विकासका लक्ष्य हासिल गर्न सकिन्छ नत ओलि सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सफलिभूत पार्न सकिन्छ । तसर्थ सरकारले यसलाई महत्व र उच्च प्राथमिकताका साथ लिन जरुरी छ ।