अज्ञात व्यक्तिद्वारा नगरपालिकाको गाडीमा आगजनी

जुम्ला,२ मंसिर  । चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् ।नगरपालिका कार्यालयमै पार्किङ गरेर राखिएको क १ झ १ नम्बरको गाडीमा गएराति आगजनी भएको हो ।

नेपाली सेनाको टोलीले गाडीमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।

आगलागी कसले र किन लगाएको हो भन्ने थाहा नभएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापाले बताए ।

यस्तै गुठिचौर गाउँपालिकाको कार्यालयमा पनि तोडफोड भएको छ ।

घटनाको विस्तृत जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ ।