भुवन केसीले फेसबुकबाट युवतीहरुलाई डेटिङको प्रस्ताव राखेपछि‘…

काठमाडौं,२ मंसिर । एक व्यक्तिले भुवन केसीको नाममा अकाउन्ट खोलेर युवतीहरुलाई डेटिङको प्रस्ताव गरेका थिए । केही युवताीले नायक भुवन केसीकै अकाउन्ट ठानेर च्याटसमेत गरे । तर, अकाउन्ट भुवन केसीको नभएको खुलेपछि युवतीहरुले प्रहरीमा उजुरी दिएका थिए। तर, नक्कली अकाउन्ट खोल्ने व्यक्ति भने पक्राउ परेन् ।

अभिनेता केसीले पनि प्रहरीमा उजुरी गर्न चासो दिएनन् । अर्का अभिनेता आयुषमान जोशीको नाममा अकाउन्ट बनाएर युवतीहरुसँग अश्लील कुराकानी गरेको उजुरीसमेत अपराध महाशाखामा पुगेको आजको नयाँ पत्रिका दैनिकमा  खबर  छ ।