भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी जनकपुर आउँदै

जनकपुर, २ मंसिर । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमी महोत्सवमा भाग लिन जनकपुर आउने भएका छन् । २६ मंसिरमा हुने उनको भ्रमणका लागि प्रदेश २ सरकारले तयारी थालेको छ ।

विवाहपञ्चमीमा जन्तीका रूपमा जनकपुर आउन लागेका मुख्यमन्त्री योगीको स्वागतको तयारीमा प्रदेश सरकार जुटेको आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए । सत्तारुढ भाजपाका हिन्दूवादी नेतासमेत रहेका मुख्यमन्त्री योगी जनकपुर आउने भएपछि सुरक्षाका लागि जनकपुरमा पाँच हजार प्रहरी खटाइने भएको छ ।

‘सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन प्रदेश सरकारले तयारी थालेको छ,’ यादवले भने, ‘सुरक्षाको विषयमा पहिलो चरणमा छफलफल भएको छ, दोस्रो चरणमा मुख्यमन्त्री योगी आउने रुट तथा थप सुरक्षाका रणनीति तयार हुन्छ ।’ मुख्यमन्त्री योगीको भ्रमणलाई लिएर केही दिनअघि नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी जनकपुर आएर मुख्यमन्त्री लालबाबु राउतलगायतसँग छलफल गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।