राप्ती नगरपालिकाको च्यात्रा खोलामा वन्ने भयो पुल

मंसिर १ गते । चितवनको राप्ती नगरपालिका वडा नम्वर ८ र ९ को सिमाना भएर वग्ने च्यात्रा खोलामा निर्माण गर्न लागिएको पुलको शनिवार सिलान्यास गरिएको छ । उत्तराखण्ड सडक अन्र्तगत निर्माण गर्न लागिएको पुलको शनिवार चितवन क्षेत्र नम्वर १ का साँसद तथा पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सिलान्यास गरे ।

२ करोड ७० लाखको लागतमा पुल निर्माण गर्न लागिएको राप्ती ८ का वडाध्यक्ष वुद्धिराज थपलियाले जानकारी दिए । राप्ती ८ का वडाध्यक्ष थपलियाका अनुसार २५ मिटरको सो पुल आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिईएको छ । वि.सं. २०५९ सालमा तत्कालिन जिल्ला विकास समितिले सोही ठाउँमा वनाएको २०७० सालमा वाढीले भत्काएको थियो ।

सिलान्यास कार्यक्रममा राप्ती नगर प्रमुख प्रभा वराल,उपप्रमुख इमानसिंह लामा,राप्ती ८ का वडाध्यक्ष वुद्धिराज थपलिया,राप्ती ७ की वडाध्यक्ष सुमिता डल्लाकोटी,कार्यपालिका सदस्य श्यामलाल विक लगायत स्थानीयवासीको सहभागीता रहेको थियो ।