कृषि पेशाले राप्तीका किसानको जीवन स्तर उकासिदै, बार्षिक ४० लाख सम्म आम्दानी

अनुज न्यौपाने
चितवन ०१ मंसिर । कृषि पेशाबटै राप्ती नगरपालिका भित्रका किसानहरुको जीवन स्तर उकासिएको छ । तरकारी,माछा र मौरीपालन व्यवसाय गरिरहेका यहाँका किसानहरुले बार्षिक ४० लाख सम्म आम्दान गर्न सफल भएका छ । राप्ती नगरपालिका ६ का टंकप्रसाद गौतमले तराकारी खेतीबाटै बार्षिक ४० लाख रुपैया सम्म आम्दानी गर्न सफल भएको बताएका छन । तरकारी खेतिबाट भएको आम्दानीले उनको जीवन स्तर उकासिएको मात्र छैन धनसम्पत्ती समेत जोडेका छन । गौतमले पुरवारीमा जग्गा भाडामा लिगेर भेन्टेखुर्सानीको खेती गरेका छन । उनले दुइ विगहा ५ कठ्ठा क्षेत्रफलमा उनले खुर्सानी लगाएका छन । २०५० साल देखि तरकारी खेती गर्दै आएका उनले आधुनिक प्रविधिको प्रयोग गरेर व्यवसायिक तरकारी खेती गर्न थालेको ४ वर्ष भयो । दुई दशकदेखि तरकारी खेती गर्दै आएका गौतम आधुनिक प्रविधिले समय र मेहनतको बचत गरेको बताए । प्रत्येक भेन्टेखुर्सानी जरामा थोपा सिंचाईको व्यवस्था गरिएको छ । ‘आधुनिक प्रविधिले एकतिर रोग किराको समस्याबाट मुक्त गराएको छ भने अर्कोतिर आम्दानीमा पनि बृद्धि भएको छ।’ उनले आधुनिक प्रविधिको प्रयोगसँगै आम्दानी पनि बढेको बताए् । धेरै युवा नेपालमा रोजगारीको अवसर नपाएको भन्दै विदेशिने गरेका बेला गौतमले भने भेन्टेखुर्सानी बेचेरै वार्षिक ४० लाखको आम्दानी गर्ने गरेका छन । आफनो सिकाइ र भोगाइ बाट कृषिमा लागेको बताउने कृषक गौतमले कृषि अवलोकनका लागि विदेश जान आवश्यक नरहेको बताए । त्यस्तै राप्ती नगरपालिका वडा नं ८ का हरिनारण थपलिया राप्ती नगरपालिकाकै स्थापित माछापालक कृषकको रुपमा परिचित छन । राप्ती ८ निवासी थपलियाले राप्ती ६ मा माछापालन गर्दै आएका भएको छ । माछापालक कृषक मात्र नभएर उनले सामाजिक कार्यकर्ताको रुपमा पनि परिचित छन । माछापालन व्यवसायमा रमाइरहेका कृषक थपलियाले विगत ५ बर्षदेखि निरन्तर रुपमा व्यवसायिक रुपमा विभिन्न जातका माछाका माछाहरु बिक्री गर्दै आएका छन् । केही कामदारहरुलाई स्वदेशमै रोजगारी समेत यसै व्यवसायबाट दिन सफल भएका उनले करिब १० बिगाहा जमिनमा आधुनिक पद्धती अपनाएर माछाको भुरा बिक्री तथा माछापालन गरि राम्रो आम्दामी गरेर अघि बढन सफल भएको थपलियाले बताए । कृषकहरुको लागि आफ्नो फार्मबाट माछाका भुराहरुको बिक्री वितरण गदै व्यवसायलाई अघि बढाएका थपलियाले गरेको काम माछापालन गर्न चाहाने नयाँ पुस्ताहरुको लागि प्रेरणाको स्रोत बन्न सफल भएको छ । यता राप्ती नगरपालिका – ११ का पूर्ण बहादुर तामाङले व्यावसायिक रुपमा मौरीपालन गरेर आम्दानी लिँदै आएका छन् । मौरीपालन गरेका तामाङले वर्षमा पाँच क्विण्टल मह उत्पादन गर्दै आएका छन । उत्पादित मह स्थानीय बजारमै सहजै बिक्री हुने भएकाले बजार खोजी गर्दै हिँड्नु नपरेको तमाङले बताए । “महमा गुणस्तर दिन खोजेका छौँ”, उनले भने “महमा कुनै किसिमको मिसावट नहुँदा सहजै घरबाट मह बिक्री हुने गरेको छ ।” महको माग अत्यधिक भएपनि मागअनुसार मह पु¥याउन नसकिएको उनको भनाइ छ । विगत लामो समय देखि मौरिपालन गर्दै आएका कृषक तामाङले उत्कृष्ट मौरिपालक कृषकको पुरस्कार पाउँदा उत्साहित भएको बताए । राप्ती नगरपालिकाले कृषकहरुलाई उत्साहित गराउन हरेक वर्ष पुरस्कृत गर्ने शाखा अधिकृत श्रीकृष्ण न्यौपानेले बताए । नगरपालिकामै व्यवसायिक रुपमा कृषि पेशा गरेर सफलता हासिल गर्न सफल भएका गौतम,थपलिया र तामाङलाई नगरपालिकाले गत बुधवार पुरस्कृत तथा सम्मान गरेको छ । व्यवसायिक रुपमा खेति गर्दैै आएका तीनै जनाको फमको राप्ती नगरपालिकाका मेयर प्रभा बराल, उपमेयर इमान सिह लामा, प्रमुख प्रशसकीय अधिकृत मिठाराम हुमागाई लगायतले अवलोकन गरेका थिए । राप्ती नगरपालिका तरकारी उत्पादनको पकेट क्षेत्र हो । यस उत्पादन भएको तरकारी राजधानी काठमाडौं सहित मुलुकका अन्य शहरहरुमा जाने गरेको छ । यहाँ उत्पादन भएको तरकारीले राष्ट्रिय मागलाई समेत प्रभाव पार्ने गरेको छ ।