रत्ननगरको नयाँ बसपर्कमा खुल्यो क्याफे

चितवन ०१ मंसिर । रत्ननगरको टाँडीमा भर्खरै सञ्चालन गरिएको बसपार्कमा आकृष्ट क्याफे एण्ड रेष्टु्रेष्ट सूरु गरिएको छ । बसपार्कमा आउने यात्रु र चालकहरुलाई केन्द्रित गरी सञ्चालनमा ल्याइएको सो क्याफेको रत्ननगर नगरपालिकाकी कार्यबहाक नगर प्रमुख विमला दुवाडीले उद्घाटन गरिन । सो अबसरमा उनले नयाँ बसपार्कलाई स्थापित गराउन क्याफे लगायतका अन्य व्यवसाय सञ्चालन हुनुपर्ने बताइन । कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले विस्तार हुदै गएको टाँडी बजारमा आधुनिक पसलहरु सञ्चालनमा आउने राम्रो काम भएको बताए । सो क्याफमा कफी,चिया,चाउमिन लगायत अर्डर अनुसार खाना र नास्ता सस्तो मुल्यमा उपलब्ध हुने सञ्चालक अशोक भूषालले जानकारी दिए ।