निजिलाई सम्बन्धन दिएपछि कृषि तथा वन बिज्ञान बिश्वबिद्यालयको विवाद कायमै, विद्यार्थीमाथि अन्धाधुन्ध लाठीचार्ज

रामपुर, ३० कात्तिक । निजिलाई सम्बन्धन दिएपछि कृषि तथा वन बिज्ञान बिश्वबिद्यालयको विवाद कायमै रहेको छ । सम्बन्धनको विरोध गर्दै धर्नामा वसेका बिद्यार्थीमाथि प्रहरीले लाठि चार्ज गरेको छ । बिद्यार्थीहरुले धर्ना वसेका कारण रजिष्टार मनराज कोलाक्ष्यपति र सेवा आयोगको अध्यक्ष रामनाथ ओझाको गाडि निकाल्न नदिएपछि प्रहरीले लाठिचार्ज गरेर उहांँको सवारी साधन वाहिर निकालेको हो । रजिष्टार सहितका पदाधिकारीलाई धुनेर राखेका कारण प्रहरीले लाठीचार्ज भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले जानकारी दिनु भयो ।
शुक्रबार प्रध्यापकहरुको धर्ना पछि बिद्यार्थीहरुको धर्नाका क्रममा साँझ सम्म गाडी नछोडेपछि प्रहरीले लाठीचार्ज गरेको हो । सो क्रममा अनेरास्वबियुका ईकाई अध्यक्ष सहित ९ जनालाई प्रहरीले नियन्त्रर्णमा लिएको छ । ईकाई अध्यक्ष हेमराज कठायत सहित अन्यलाई प्रहरीले नियन्त्रर्णमा लिएको हो । पक्राउ पर्नेमा भास्कर सिंह ठकुरी, सन्तोष खतिवडा, केसवराज काफ्ले अबित रेग्मि, झलक जोशी, दर्शन अधिकारी, बामदेब रेग्मी, सुमन पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनिहरुको धर्नाका कारण रजिष्टार र सेवाआयोगको अध्यक्ष कार्यालयमानै भए पछि प्रहरी परिचालन गरिएको हो । लाठीचार्ज पछि कृषि तथा वन बिज्ञान बिश्व विद्यालय रामपुर परीसरमा व्यापक सुरक्षा कर्मि परिचालन गरिएको छ ।