नेपाली कांग्रेस चितवन : कार्यकता भन्ने नेता सुन्ने

चितवन, ३० कार्तिक । पार्टी सुदृढीकरण कमजोर भएको सुझावदिदै पार्टीको सिद्धान्त ख्याल गर्न काँग्रेसका कार्यकर्ताले नेताहरुलाई सुझाव दिएका छन । पार्टीमा निरन्तर लागेकाहरुको मुल्याङ्कन गरेर गुटको नाममा पार्टी भित्र मौलाएको बेथिति अन्त्य गर्न आग्रह गरे । भरतपुरमाआयोजनागरिएको एक कार्यक्रममा पार्टी भित्रको विकृति , पार्टी बलियो बनाउनका लागी सुझाव राखे ।

पूर्व माननिय एवं काग्रेस चितवनका पूर्व जिल्ला सभापति शेषनाथ अधिकारीले निर्वाचनमा पार्टीको पराजय र भावि रणनितीको लागी सुझाव माग्नका लागी कार्यक्रमको आयोजना गरेका हुन् । जिल्ला नेता देखी वडा तहका कार्यकर्ताले आफ्ना कुरा राखेका थिए । कतिपयले पार्टीमामुल्याङकन राम्रो नभएको भन्दै आक्रोश समेत पोखेकाथिए । पार्टीलाई बलियो बनाउन भातृ संगठनलाई चलाएमान बनाउन धेरैले जोड दिए। गतवर्ष सम्पन्न संघिय , प्रदेश र स्थानियनिर्वाचनको समिक्षा गरिएको थियो ।
पार्टीले बेहोरेको हारको समिक्षा गर्दै कार्यकर्ताले सुझाव दिए । पार्टीका जिल्ला नेताहरुको उपस्थितीमा पार्टीलाई एक बनाउन नेताहरुबाट अभियानथाल्नुपर्नेमाजोड दिए । काँग्रेसको पराजयपछि बनेको कम्यूनिष्ट सरकारका कारण देशमा अराजकता बढेको भन्दै यस प्रति जागरु कहुनआग्रह समेत गरेका छन ।
कार्यक्रममा काँग्रेसका निवर्तमान सभापति टेकप्रसाद गुरुङ , जिल्ला सचिवउत्तम जोशी प्रदेश सांसद मिलनबाबु श्रेष्ठ , भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरी , महासमिति सदस्यहरु राजेश्वर खनाल , प्रकाशअधिकारी , क्षेत्रिय कार्यवाहक सभापति भरत लामिछाने , भरतपुर नगर सभापति भरत अधिकारी , पूर्व जिल्ला उपसभापति ऋषि पाण्डे , पूर्व जिल्ला सचिव देवेन्द्र गुरुङ लगाएतले आफ्ना धारण राखका थिए ।