पूर्वी चितवन महानगर बनाउछौँ : नगर प्रमुख बराल

राप्ती,३० कात्तिक  । पूवी चितवनको राप्ती नगर प्रमुख प्रभा बरालले पूर्वी चितवनलाइ निकट भविष्यमा महानगर बनाउने बताउनु भएको छ । आज शुक्रबार रत्ननगर स्थित शन्ति चोकमा पूर्वी क्षेत्रिय महोत्सवको उदघाटन समारोहलाइ सम्बोधन गर्दै प्रमुख बरालले पूर्वी चितवनलाइ निकट भविष्यमा उपमहानगर होइन महानगर बनाउन पहल गर्ने नेताहरुलाइ आग्रह समेत गर्नुभएको हो ।

नगर प्रमुख बरालले युवाहरुलाइ सिर्जनात्मक तथा रचनात्मक कार्यमा ध्यान दिनु पर्ने बताउनदै समाजका विकृतिमा नफस्न सुझाव दिनुभयो । समाजमा हुने समाजिक विकृतीले व्यक्तिलाइ मात्र नभइ टोल तथा समाजलाइनै असर पार्न बताउनुभयो । उहाँले स्थानिय सरकार युवाहरुले अघि सार्न हरेक सकरात्मक कार्यलाइ सदैव सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।

पूर्वी क्षेत्रिय महोत्सव मंसिर १३ गते सम्म सञ्चालन हुनेछ ।