कतारमा पाँच नेपाली एक महिनादेखि थुनामा

काठमाडौँ, ३० कात्तिक । करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ ।सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो ।

गिरफ्तारीको कारण खुलाईएको छैन ।घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् ।पक्राउ पर्नेमा एनआरएन मध्युपर्व संयोजक राजेन्द्रकुमार आरके शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ठा ढकाल छन् ।क्षत्री शाखाका उपाध्याक्षसमेत हुन् ।
अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेका थिए । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।