आन्तरिक राजश्व कार्यालय भरतपुरले कर दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने

चितवन, २९ कात्तिक । आन्तरिक राजश्व कार्यालय भरतपुरले सातौं राष्ट्रिय कर दिवस २०७५ भव्य रुपमा मनाउने भएको छ । कार्यालयले मंसिर १ गतेदेखि ६ गतेसम्म बिभिन्न कार्यक्रम गरी मनाउने भएको हो ।

मंसिर १ गते प्रभातफेरी र सरसफाई कार्यक्रम, २ गते रेडियोमा अन्तक्र्रिया कार्यक्रम, पहिलो सेवाग्राहीलाई सम्मान र दर्ता र दर्ता खारेजीका बिषयमा अन्तर निकाय छलफल तथा अन्तक्र्रिया, ३ गते उद्योग बाणिज्य संघ चितवनसँग आर्थिक ऐन २०७५ ले दिएका सुबिधाका सम्बन्धमा अन्तत्र्रिmया कार्यक्रम गर्ने जनाएको छ ।

यस्तै मंसिर ४ गते उद्योग बाणिज्य संघ रत्ननगरसँग आर्थिक ऐन २०७५ ले दिएका सुबिधाका सम्बन्धमा अन्तक्र्रिया यस्तै ५ र ६ गते उद्योग बाणिज्य संघ ईच्छाकामना र उद्योग बाणिज्य संघ खैरहनीका करदाताहरुसँग अन्तक्र्रिया, ६ गते कर दिवस समापन समारोह र करदाता तथा कर्मचारी सम्मान कार्यक्रम गर्ने कार्यालयले जनाएको छ ।