राप्तीका उत्कृष्ठ कृषक पुरस्कृत

चितवन कार्तिक २८ । राप्ती नगरपालिकाले नगर भित्रका उत्कृष्ठ तीन जना कृषकहरुलाई बुधवार पुरस्कृत गरेको छ । ३८ औं विश्व खाद्य दिवसको अवसर पारेर राप्ती नगरपालिकाको कृषि शाखाले विभिन्न तीन विधामा कृषकहरुलाई पुरस्कृत गरेको हो । राप्ती ११ मा मौरीपालन व्यवसाय गर्दै आएका पुर्ण वहादुर तामाङ, राप्ती ६ माछापालन गर्दै आएका हरिनारायण थपलिया र राप्ती ६ मै तरकारी खेती गर्दै आएका टंकप्रसाद गौतमलाई जनहि १० हजारका दरले पुरस्कृत गरिएको कृषि शाखा प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिए ।
उनीहरुलाई राप्ती नगरपालिकाका प्रमुख प्रभा वराल,उपप्रमुख इमानसिंह लामा,प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाईले पुरस्कृत गरे । विश्व खाद्य दिवसको अवसरमा आयोजित हाम्रो पहल भोकमुक्त विश्व २०३० विषयक विद्यालयस्तरीय निवन्ध प्रतियोगिताका विजयीहरुलाई सोही अवसरमा पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा प्रथम भएका राष्ट्रिय माध्यमिक विद्यालय महादेवटारका इश्वर रिजाललाई नगद ४ हजार,द्धितिय भएकी विद्या मेमोरियल वोडिङ स्कुलकी स्मारिका नेपाललाई ३ हजार,तृतिय भएका भण्डारा माविका नविन श्रेष्ठलाई २ हजार सान्त्वना स्थान हासिल गरेका बीरेन्द्र आर्दश माविका विकास स्यानतानलाई १ हजार पुरस्कार प्रदान गरिएको कृषि शाखा प्रमुख न्यौपानेले वताए ।