चितनवमा केरा किसानलाई सुचिकृत गरिँदै

चितवन, २८ कात्तिक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई केरा जोन चितनवले केरा किसानहरुको सुचिकृत गर्न थालेको छ । क्षेत्र निर्धारण भएका सहकारी, कृषक समुह, जलउपभोक्ता समुह र कृषक उद्ययमीहरुलाई सुचिकृत गर्न थालेको हो । कार्यालयले खैरहनी नगरपालिका, रत्ननगरपालिका, कालिका नगरपालिकाका एक देखि ८ नम्वर वडा र भरतपुर महानगरपालिकाको वडा नम्वर एकलाई केराको जोन क्षेत्र निर्धारण गरेको छ । कार्यालयले सोमबार १५ दिने सुचना निकालेर केरा किसानहरुलाई यस परियोजनामा आवद्ध हुन अनुरोध गरेको छ । केरा जोनमा सुचिकृत हुन चाहने किसानले मंशिर ११ गते सम्म प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई केरा जोनको कार्यालय भरतपुरमा सम्पर्क गर्नु पर्ने परियोजनाका कृषि अधिकृत ईन्द्र शर्मा ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार सवन्धित सरकारी निकायमा यस अघि नै विधिवत रुपमा दर्ता भै नविकरण भएका किसानहरु मात्र केरा जोन परियोजनामा आवद्ध हुन सक्नेछन् । यस परियोजनामा सुचिकृत भैसकेपछि परियोजना मार्फत आउने अनुदान किसानहरुले पाउने छन् । परियोजनाले बिरुवा, यन्त्रिकरण, साना सिँचाई, पोष्ट हार्भेष्टमा अनुदान र प्राविधिक सेवामा निशुल्क सेवा दिनेछ । सुचिकृत हुन इच्छा भएका सम्वन्धित सहकारी, कृषक समुह, जलउपभोक्ता समुहको बैठकले तयार पारेको कार्यविधि प्रस्तुत गर्नुपर्ने परियोजनाका कृषि अधिकृत ढुंगानाले बताउनुभयो । परियोजना कार्यन्वयन इकाईले तयार गरेको फर्मेट अनुसारको तथ्याङ्क सम्वन्धी विवरण अनुसार निवेदन भर्न कार्यालयले किसानलाई आग्रह गरेको छ । निवेदनको फर्मेट कार्यालयले निःशुल्क उपलब्ध गराएको छ