दुर्गा थापा बनिन् पहिलो महिला एआईजी

काठमाडौँ, २८ कात्तिक । नेपाल प्रहरीको स्थापनाको ६३ वर्षपछि महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा.दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् ।

डा.थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिह्न लगाइदिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआइजीका रूपमा अब उनीले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नेछिन् ।

यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए । पार्वती थापा र विमला थापा सात वर्षअघि डिआइजीमा बढुवा भएका थिए ।