नेपाली महिला टिम ओलम्पिक फुटबल छनोटको दोस्रो चरणमा प्रवेश,अन्तिम खेलमा बङ्गलादेशसँग १–१ गोलको बराबरी

काठमाडौँ,२७ कात्तिक । नेपाल ओलम्पिक महिला फुटबलको एशियन छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। नेपाली महिला टिमले पहिलो सहभागितामा दोस्रो चरणमा प्रवेश गर्दै ऐतिहासिक सफलता हात पारेको हो।

ओलम्पिक महिला फुटबलको एशियन छनोटमा समूह ‘सी’ मा रहेको नेपाल उत्कृष्ट तेस्रो टिमको रुपमा दोस्रो चरणमा प्रवेश गरेको हो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्यो।

याङ्गोनस्थित थुनुवा रङगशालामा भएको खेलमा नेपालल सुरुवाती अग्रता लिएको थियो। नेपालका लागि निरु थापाले खेलको १७ मिनेटमा गोल गरेकी थिइन्।

तर नेपालले दोस्रो हाफको इन्जुरी टाइममा गोल खान बाध्य भयो। इन्जुरी टाइमको तेस्रो मिनेटमा अखी खातुनले बराबरी गोल फर्काएका थिइन्।

बराबरीसँगै नेपाल ३ खेलबाट ३ अंक जोड्दै समूहमा तेस्रो भयो। नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यान्मासँग १(१ गोलको बराबरी खेलेको थियो । यस समुहमा चार अङ्क जोडेको म्यान्मा शीर्ष र चार अङ्क जोडेको भारत दोस्रो स्थानमा छ ।