लोकतन्त्रको रक्षाका लागी पार्टीभित्र गुट अन्त्य हुनुपर्नेः वरिष्ठ नेता पौडेल

अनिता अर्याल
चितवन कात्तिक २७ ।     नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागी पार्टीभित्र गुट अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
प्रजातन्त्रका सेनानी नेपाली कांग्रेसका नेता स्वर्गिय कृष्णप्रसाद उप्रेतिको १३ औ दिनको पुण्य तिथीको अबसरमा खैरहनी नगरपालीका २ लदरीमा भएको श्रद्धान्जली सभा कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
बरिष्ठ नेता पौडेलले लोभलालच छोडेर स्व उप्रेतिले जस्तै निष्ठाको राजनिति गर्न आजको आवश्यकता भएको बताउनुभयो ।
बहुमतको सरकार भएपनि जनताले राहतको अनुभुति गर्न नपाएको बताउनुभयो ।
बाम एकता हुदैमा आतिनुपर्ने आबस्यकता नभएको भन्दै कंग्रेस एक ढिका भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै सोही कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले निःस्वार्थ राजनितिमा अहोरात्र खटिएका स्वर्गिय उप्रेतिको जिवनी अनुसरण गर्न सबैलाई आग्रह गर्नुभयो ।
कुनै पद विना पनि राजनितिमा सक्रिय उप्रतिले आफन्त र सम्मान धेरै कमाएको बताउनुभएको थियो ।
स्वर्गिय उपे्रति नेपाली कांग्रेसका नेता वि.पी.कोईरालासँगै आठ वर्ष जेलजिवन बिताउनुभएको थियो ।
श्रद्धान्जली सभा कार्यक्रममा स्वर्गिय उप्रतिको जिवनीका बारेमा भतिजा रोहीणी प्रसाद उप्रतिले प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा नगरसभापति शशिकुमार खनिया,क्षेत्रिय सभापति कुमार कार्की,महासमिति सदस्य शुशिला उप्रेति,महासमिती सदस्य राजेन्द्रप्रसाद बुर्लाकोटी,पूर्व जिल्ला सभापति एवं पूर्व सभासद रामकृष्ण घिमिरे,पूर्व जिल्ला सभापति एवं पूर्व मन्त्री शेषनाथ अधिकारी,पूर्व जिल्ला सभापति टीकाराम न्यौपाने,निवर्तमान जिल्ला सभापति टेकप्रसाद गुरुङ्ग लगायतले शोक मन्तव्य राख्नुभएको थियो ।
शोकसभा कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रदेखि वडास्तरसम्मका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । नेपाली कांग्रेस जिल्ला प्रशिक्षण विभाग सदस्य चेतराज रेग्मिले सन्चालन गर्नुभएको शेकसभा कार्यक्रम वडा नं २ का वडा अध्यक्ष टीकादत्त इटनीको सभापतित्वमा सम्पन्न भएको थियो ।