शुभप्रभात टोलमा सरसफाई

रत्ननगर,कात्तिक २७ ।   रत्ननगर १० बैरियामा रहेको शुभप्रभात टोल विकास संस्था अन्र्तगत रहेको बाल क्लवले आज टोलमा सरसफाई कार्यक्रम गरेको छ ।
बाल क्लबकी अध्यक्ष अस्मिता मरहठ्ठाको अध्यक्षतामा भएको सो कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्रराज पाण्डे, शुभप्रभात टोल विकास संस्थाका अध्यक्ष विष्णु पुरी,सदस्य गिता राउत,क्लबका बालबालीकाहरुको सहभागिता रहेको थियो ।
टोलमा रहेको कुहिने नकुहीने फोहोरहरुको व्यजस्थापन गरिएको थियो ।