यी महिला जसले ‘गन्हाउने मोजा’ बेचेरै वर्षको डेढ करोड कमाउँछिन्

गन्हाउने मोजा हामीलाई पटक्कै मन पर्दैन । मोजालाई फोहोर मान्छौ फोहोर हुने बित्तिकै पन्छाएछौ । तपाइलाइ पत्यार नलाग्न सक्छ मोजा बेचेर दुनियाँमा मानिस करोडपति भएका छन् । बेलायतकी एक महिला मोजा बेचेरै अहिले मालामाल भएकी छन् । उनले वर्षमा करोड कमाउछिन् । ती महिला आफूले प्रयोग गरिसकेका मोजा तथा जुत्ता बचेर बर्सेनि डेढ करोड बराबरको कमाइ गर्छिन् ।

‘गन्हाउने मोजा’ बेचेर करोडौ कमाउने ती महिला हुन् ३३ वर्षीया रोक्सी स्काइज । एकदिन उनलाई साथीले उनका खुट्टा निकै सुन्दर भएको भनेर तारिफ गरिदिएछन् । त्यसपछि ती महिलाले दिमागमा खुट्टाबाटै पैसा कमाउने जुक्ति निकालिन् ।लगत्तै ती महिलाले सामाजिक सन्जाल इन्स्टाग्राम अकाउन्ट सुरु गरिन् । तब उनले आफ्ना सुन्दर खुट्टाका आइटम–आइटमका तस्बिर उनले पोस्ट गर्न थालिन् ।

हेर्दाहेर्दै उनी निकै चर्चित हुँदै गइन् । उनलाई फलो गर्नेको संख्या ह्वात्तै बढ्यो ।त्यसपछि रकम खर्चिएर आफूले लगाएका जुत्ता र मोजा किन्न माग्न थाले । आफ्नो चर्चा चुलिँदै गएपछि लन्डननिवासी रोक्सीले सामाजिक सन्जालबाटै आफ्ना सुन्दर खुट्टामा प्रयोग गरिसकेका जुत्ता तथा मोजा लिलामीमा राखिन् ।