सभापती देउवाविरुद्ध पूर्वसंस्थापनको मोर्चाबन्दी, सुजतानिवासमा सात नेताको भेला

काठमाडौं,२७ कात्तिक । १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेस पूर्वसंस्थापनका नेताहरुले सक्रियता बढाएका आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सोमबार सुजतानिवास मण्डिखाटारमा सात नेताले बिहानको खानासहित छलफल गरेका छन् ।

छलफलमा कोइराला परिवारबाट सुजतासहित महामन्त्री डा.शशांक, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र डा। रामशरण महत सहभागी भए ।