सुरक्षित डिजिटल समाज निर्मणमा फोब्र्स कलेज (फोटो फिचर)

चितवन,२६ कात्तिक । सुरक्षित डिजिटल समाज निर्माण गर्ने उदेश्यका साथ फोब्र्स कलेजमा  BCS(IT)  नेटवर्क टेक्नोलोजी एण्ड साईबर सेक्युरीटी मा अध्ययनरत विद्यार्थीहरुले स्थापना गरेको फोब्र्स सिसिसए क्लबद्वारा चितवन जिल्लाभरीका प्रहरी अधिकृत साईबर क्राईम सेक्युरिटी एण्ड अवारनेस सेमीनार गरि शुरु गरिएको सेमिनार हाल जिल्ला भरीका विभिन्न ३१ वटा सेमिनार गरि सकिएको क्लबका अध्यक्ष राजन धितालले जानकारी दिनुभयो ।


सेमिनारमा हाल BCS(IT) मा दोश्रो सत्रमा अध्ययनरत विपु ओझाको नेतृत्वमा राजन धिताल आश्मा भण्डारी,दिप्सन खनाल, अनुप न्यौपाने,लोकमान श्रेष्ठ, स्वस्तिका अर्याल,सरोज भट्ट सन्जय न्यौपाने तथा पहिलो सत्रमा अध्ययनरत दिलिसा श्रेष्ठ आयूसा वली, कमल भण्डारी अर्पणा भण्डारी,विदुषण अधिकारी,सविन दराई,मिलन लामीछाने, एलिसा गिरि, प्रियंका गिरि,राजिव श्रेष्ठ, आकाश चौधरी र आरजु अर्याल लगायतका विद्यार्थीहरुले सेमिनारमा कार्यक्रम प्रश्तुत गरेको विसिएससिआइटी कार्यक्रमका विभागिय प्रमुख इ. सुलभ अधिकारीले जानकारी दिनुभयो ।


समाजमा साईबर क्राईम बढिरहेकोले कलेजले यसलाई समाजिक उत्तरदायित्वको रुपमा लिई सुरक्षित डिजिटल समाज निर्माण गर्नका लागि यस्ता कार्यक्रमहरु स्कुल तथा कलेजहरुमा गरिरहेको र स्थानिय निकायसंग समन्वय गरि गाउँस्तरमा पनि सेमिनारहरु चलाउने कलेजका प्राचार्य दीपक गौतमले जानकारी दिनुभयो ।


भरतपुर २ क्षेत्रपुरमा अवस्थित फोब्र्स कलेजमा हाज स्वीस डिग्री BHM तथा BCS(IT) नेटवर्क टक्नोलोजी एण्ड साइबर सेक्युरिटी कार्यक्रमका लागि सिमित सिटमा भर्ना खुलीरहेको कलेजका सह–प्राचार्य हरिशरण पाठकले जानकारी दिनुभयो ।