अखिल (छैठौँ) चितवनको अध्यक्षमा आचार्य निर्वाचित

 

चितवन, कात्तिक २६ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(छैठौँ)को जिल्ला कार्यसमिति चितवनको अध्यक्षमा कमल आचार्य चयन हुनुभएको छ । अनेरास्ववियू(छैठौँ)को २० औँ जिल्ला सम्मेलनले आचार्यको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा सन्तोष ढकाल, सचिवमा तारा शर्मा, सहसचिवमा तिलक आचार्य र कोषाध्यक्षमा तारा सापकोटा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सरोज आचार्य, विकास पौडेल, सलिना पौडेल, प्रतिमा पौडेल,कृष्णप्रसाद शर्मा, पुष्पा पौडेल रहनुभएको छ ।

जिल्ला सम्मेलनले निवर्तमान अध्यक्ष दिनेश सुवेदी, सुवास सापकोटा, माधव पौडेल, गोपाल गिरी र अम्मर बहादुर क्षेत्रीलाई सल्लाहारमा राख्ने निर्णय गरेको वर्तमान अध्यक्ष कमल आचार्यले जानकारी दिनुभयो । अध्यक्षमा चयन भएपछि आचार्यले जिल्लाको शैक्षिक क्षेत्र सुधारका लागि सकारात्मक भुमिका खेल्ने बताउनुभएको छ ।