राप्ती उद्योग बाणिज्य संघको अधिवेशन मसिर १५ मा

राप्ती,२६ कात्तिक । पुर्वी चितवनको राप्ती उद्योग बाणिज्य संघले आगामि मसिर १५ गते पहिलो साधारणसभा तथा अधिवेशन गर्न भएको छ । राप्ती नगरपालिकामा पहिलो पटक उद्योग बाणिज्य संघका अधिवेशन हुन लागेका कारण राप्ती उद्योग बाणिज्य संघको अधिवेशनलाइ सर्वत्र चासोका रुपमा हेरिएको छ ।

आउदो अबिधेशनबाट नयाँ नेतृत्व चयन हुने भएपछि संघमा आबद्ध उद्योगि तथा व्यवसायीहरु चुनावी दौडमा लागेका छन । पहिलो निर्वाचन भएका कारण पनि अधिवेशनलाइ सर्वत्र चासोका रुपमा हेरिएका उद्योग बाणिज्य संघका महासचिव प्रदिप उप्रेतिले बताउनु भयो । राप्ती उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी बढेको छ ।