रत्ननगरको टाँडीबजारमा छठको रौनक सुरु

चितवन, २६ कात्तिक । पूर्वी चितवनको रत्ननगर टाँडी बजारमा छठ पर्वको रौनक सुरु भएको छ । तराईवासीले सूर्यको पुजा गरेर मनाउने छठ पर्वको रत्ननगरमा भव्य तयारी गरि सुरु गरिएको छ ।
छठ पर्व मनाउन टाडीँ बजार नजिक रहेको गौमति गंगा किनार गौरीघाट, लौरीघोलमा तयारी छठिमाई सेवा समिति रत्ननगरले गरेको छ । छठ पुजाका लागि समितिले लौरीघोल किनारलाई धोजापतकाले दुलही झै सिगारेको छ । भने ब्रतालुहरुलाई पुजा गर्नका लागि नौ वटा मठ निर्माण समितिका अध्यक्ष कृष्णमुरारी सिहंठकुरीले जानकारी दिए ।
छठ पर्वका लागि गरिएको तयारीका विषयमा सोमबार पत्रकार सम्मेलन गर्दै समितिले यस बर्षको छठ पर्वलाई भव्य रुपमा मनाउन लागेको जानकारी गराएको छ ।
पहाडी र मधेशी समुदायलाई भावनात्कम एकताको रुपमा जोड्ने पर्वको रुपमा लिईने यो छठमा तराई समुदायका महिला तथा पुरुषहरुले ३६ घण्टासम्म निराहार ब्रत बसेर सूर्यलाई अर्ग दिदै पुजा गर्ने प्रचलन रहेको समितिका उपाध्यक्ष ओमप्रकाश शाह कलवारले जानकारी दिए ।
४ दिनसम्म मनाउने यो पर्व आईतबारदेखि नै सुरु भएको छ । छठ पर्व अन्र्तगत कात्र्तिक शुक्ल पञ्चमीको दिन सुरु भई कात्र्तिक सप्तमी दिन उदाउदो सूर्यलाई अर्ग दिएर पर्व सकिने समितिका सल्लाहरकार महेशप्रसाद रौनियारले जानकारी दिए । चितवनमा छठ पर्व २०२५ सालदेखि मनाउन सुरु गरिएको समितिका सहसचिव अमित गुप्ता रौनियारले जानकारी दिए ।
छठको महिमा
बिहान स्नानपछि लौकाको तरकारी, दाल र भात खाइ तराई–मधेसलगायत मुलुकभरका व्रतालुले यो पर्व सुरु गरेका छन् । तिहार समापनको एक दिनपछि सुरु हुने महापर्व छठमा चढाइने ठेकुवा, भुसुवा, पुरी र खाजालगायतका लोकप्रिय प्रसादहरु पूर्ण शुद्धताकासाथ यिनै चुल्हामा पकाइन्छ ।
उनीहरु अनुकुलता हेरी घरमै वा नजिकैको जलाशय किनारमा नुहाइ चोखिएपछि शुद्ध शाकाहारी भोजन ग्रहण गरेका छन् । यो विधिलाई स्थानीय भाषामा ‘नहा खा’ वा ‘नहाए खाए’ भनिन्छ। चार दिनसम्म मनाइने यस पूर्णतया शाकाहारी पर्वको अन्तिम दुई दिन घरदेखि घाटसम्म रमझम हुन्छ।

पूर्णरुपले उपवास बसेका ब्रतालुले दोस्रो दिन सोमबार साँझ लिपपोत गरिएको एक कोठामा केराको पात ओछयाएर त्यसमाथि प्रसादको रुपमा खिर, पुरी र केरा राखी मौन पुजा गर्छन्। स्थानीयले यसलाई खरना भन्छन् ।
मधेसतिर यो पर्वकै प्रयोजनकोलागि निर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा यी चढावा तयार पारिन्छ । यो पुजा सम्पन्न भएपछि ब्रतालुले आफू पनि प्रसाद खान्छन्। परिवारजन, छरछिमेक एवं पाहुनालाई समेत बाँडछन्।
लोक आस्थाको यो पर्वको तेस्रो दिन मंगलबार बिहानदेखि गहुँ एवं चामलको शुद्ध पिठोबाट क्रमश : चर्चित मिष्ठान ठेकुवा, पुरी एवं भुसुवा बनाउँछन् । यो पर्वको महत्वपूर्ण दिन हो जसको ब्रतालुलगायत सबैले व्यग्र प्रतिक्षा गरिरहेका हुन्छन् । प्रसाद तयार पार्ने कार्यमा मुख्य उपासकलाई परिवारजन र छरछिमेकले सहयोग गरिरहेका हुन्छन् । मुख्यत घरका पुरुष सदस्य यतिखेर घाट सिंगार्न एवं बजारबाट ताजा फलफुल र तरकारी ल्याउनमा व्यस्त हुन्छन् ।
प्रसाद एवं पुजन सामग्री तयार भएपछि घरको आँगनलाई अपराह्न लिपपोत गरी एवं जल छर्केर चोख्याइन्छ । नांग्लो र ढाकीलाई फिजाएर त्यसभित्र ठेकुवा, भुसुवा, पुरी खाजा, गेडागुडी, मौसमी फलफुल एवं तरकारी राखिन्छ । ब्रतालु एवं परिवारजनले यी सबै सामग्रीको बन्दोबस्ती पहिलेदेखि गरिसकेका हुन्छन् ।

घरमै एकपटक पुजा गरेपछि ती सबै सामग्रीलाई ढाकीमा राखेर बाँधि माथितिर एउटा दियो बालिन्छ । ब्रतालुको अगुवाईमा परिवारजन ढाकी एवं अन्य विविध पुजन सामग्री बोकी छठको लोक गीत गाउँदै आफूलाई पायक पर्ने पोखरी वा नदी किनार (घाट) तिर लाग्छन्। परिवारजन, स्थानीयवासी एवं सहयोगीले केराको बोट, दियो एवं बत्तीले घाटलाई झकिझकाउ पारेका हुन्छन् ।
पूर्व निर्धारित पुजन थलोमा पुगेपछि ती सम्पूर्ण पुजन सामग्रीलाई पुनस् फिजाएर राखिन्छ । नांग्लो, ढाकी र वरिपरि दियो तथा धूप बालिन्छ । त्यसपछि मुख्य ब्रतालु अस्ताइरहेको सूर्यतर्फ मुख फर्काइ जलाशयमा उभिन्छन् ।
ती गीतहरुमा सम्पूर्ण पुजन विधि बाहेक महिलाको पीडा, सँघर्ष एवं सामाजिक भेदभावका भावना समेटिएका हुन्छन् । समग्रमा भन्दा पुजारी नचाहिने यो महापर्वमा छठको लोक गीत नै मार्गदर्शक मन्त्र हो । यी गीतहरु स्वतस् पुरानो पुस्ताबाट नयाँमा हस्तान्तरण हुँदै गएका हुन्छन् ।
ब्रतालु एवं परिवारजनले पर्व समापनपछि बिहान घाटमा उपस्थिति दर्शनार्थीलाई गच्छेअनुरुपको प्रसाद बाड्दै अर्को वर्ष फेरी आउने बाचाकासाथ घर फर्कन्छन् । साँझ र बिहानको यो पुजा हेर्न, अर्घय दिन तथा प्रसाद लिनलाई सबै जाती, धर्म, दल, वर्ग एवं समुदायकाको घाटमा भव्य उपस्थित हुन्छ । ३६ घण्टे निर्जल उपवासपछि घर फर्कि ब्रतालुले सादा भोजन ग्रहण गरेर उपवास तोडछन्। आफन्तजन, छरछिमेक, मित्रजन र शुभेच्छुकलाई ठेकुवारभुसुवा खानलाई बोलाउँछन् वा घरैसम्म पनि पुरयाउँछन् ।