खैरहनीमा फ्री सुगर र थाईराईड परीक्षण

आशिष उप्रेती, चितवन, २६ कातिक

लायन्स क्लब अफ चितवन पर्सा, लियो क्लब अफ चितवन पर्सा र केयर पोलि क्लिनिकको संयुक्त आयोजनामा आज खैरहनीमा केयर पोलि क्लिनिकको प्राङ्गणमा बिश्व मधुमेह दिवसलाई लक्षित गर्दै फ्री सुगर र ५० प्रतिशत छुटमा थाईराईड परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

अहिलेको समयमा धेरै मानिसहरुमा सुगर र थाईराइड हुने गरेकोले सो शिबिर आयोजना गरिएको कार्यक्रमका संयोजक लियो प्रभात वाग्लेले जानकारी दिनुभयो । यो सताब्दिलाई इन्टरनेसनल लायन्सले मधुमेह न्युनिकरण गर्ने प्रोजेक्टको रुपमा लिएको हुदा यो कार्यक्रम आयोजना गरेको उहाले बताउनुभयो । सो कार्यक्रममा १०० जना भन्दा बढीले निशुल्क सेवा लिएका थिए । कार्यक्रममा प्रमुख अतिथीको रुपमा लायन टेकराज अधिकारी, विशिष्ट अतिथिमा जिल्ला ३ सय २५ बि टु का एरिया ३ का एरिया कोचिफ लियो अञ्जन चौधरी र अतिथीमा केयर पोलि क्लिनिकका प्रोपाईटर भोला चौधरी लगायतको उपस्थिती रहेको थियो ।

लियो देबेन्द्र श्रेष्ठले सन्चालन गर्नुभएको कार्यक्रम लियो क्लब अफ चितवन पर्साका अध्यक्ष लियो रुपेश भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।