शक्तिखोरलाई पर्यटकीय गन्तव्य बनाउन सिन्ती झरनाको व्यवस्थित विकास

चितवन २६ कार्तिक । कालिका नगरपालिकाको शक्तिखोरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न त्यहा रहेको आर्कषक सिन्ती झरनाको विकास गर्न नगरपालिकाले काम थालेको छ । सिन्ती झरनाको विकास गरी पर्यटक भित्र्याउन काम सुरु गरिएको मेगर खुमनारायण श्रेष्ठले बताए । झरनाको विकासको लागि डीपीआर तयार गरिएको छ । वडा नं ९ र १० का सिमानमा पर्ने एतिहासिक महत्व बोकेको सो झरनालाई व्यवस्थित गरी स्वदेशी तथा विदशी पर्यटक भित्र्याउन नगरपालिकाले डीपीआर बनाएरै झरनाको विकास गर्न लागेको हो । डीपीआर अन्तर्गत सडक सहित झरनामा पूर्वाधार निर्माणको लागि पाँच करोड ४९ लाख रुपैया लाग्ने छ । शक्तिखोर बजारबाट दोगरा हुँदै साढे तीन किलोमिटरको पैदनदुरी पार गरेपछि झरना स्थाल पुग्न सकिन्छ । केही केही ठाउँमा सामान्य उकालो भएपनि सहिलै पुग्न सकिने झरना सम्म पुग्न नेपाली सेनाको सिंहनाथ गणले सडक निर्माण गरिसकेको छ । झरनाको विकासको लागि कालिका नगरपालिकाले चालु आलु आर्थिक बर्षमा १५ लाख रुपैया विनियोजन गरिसकेको छ । झरनालाई पूर्ण रुपमा आर्कषक बनाउन आवश्यक पर्ने पूर्वाधार निर्माणको पाँच करोड ४९ लाख रुपैया संघीय र प्रदेश सरकारसंग माग्ने योजना बनाएको मेयर श्रेष्ठले बताए । झरना सम्म जान व्यवस्थित सडक संगै पूर्वाधार निर्माण गर्ने योजना रहेको बताए । झरना स्थलमा रहेको ठुला ढुंगालाई कलात्मक बनाउने,झरना हेर्ने ठाउँमा फलामको रेलिङ र भ¥याङ हाल्ने,शार्वजनिक शौचालय निर्माण गर्ने,पर्यटकका लागि कपडा चेन्ज गर्ने घर बनाउने योजना रहेको मेयर श्रेष्ठले बताए । सडकको लागि ढुंगाको सिढी विच्छाएर बाटो बनाउने,सडकको बीच बीचमा रहेको खोलामा फलामको पुल निर्माण गर्ने र दुई दुई सय मिटरको दुरीमा विश्राम स्थाल बनाउने योजना रहेको मेयर श्रेष्ठले बताए । यो काम अर्को आर्थिक बर्षबाट सुरु हुने उनको भनाइ छ । झरना अबलोकनको लागि अहिले दैनिक ५ सय जना आउने गरेका छन । झरनालाई व्यवस्थित गरी स्वदेशी तथा विदेशी पर्यटक ल्याउने र विकटमा बसोवास गर्ने चेपाङ समुदायको आयआर्जनको माध्यम बनाउने मेयर श्रेष्ठले बताए । शक्तिखोरमा रहेका झरना र गुफालाई पर्यटकीय स्थलको रुपमा विकास गरी विदेशी पर्यटक भित्र्याउने उनको भनाइ छ । झरना स्थलमा पूर्वाधार निर्माण गरिसकेपछि शक्तिखोरलाई पर्यटकीय नगरी सौराहासंग जोडेर पर्यटक ल्याउने वातावरण बनाइने छ । विदेशीले रमणीय स्थलको खोजिगरिरहेका हुन्छन मेयर श्रेष्ठले भने त्यस्तो ठाउँ हामीसंग छ,हामी विदेशी पर्यटकलाई शक्तिखोर भित्र्याउन सक्छौं । शक्तिखोर आउने पर्यटकलाई झरना र गुफामात्र होइन चेपाङ समुदायको रहनसहन,दैनिकी र संस्कृतिले पनि आकर्षित गर्ने छ । झरनाको विकास र प्रचारप्रसार गरी दैनिक स्वदशी तथा विदेशी पर्यटक ल्याउने योजना रहेको छ । अहिले सम्म दैनिक पाँच सय पर्यटक यहाँ आउछन मेयर श्रेष्ठले भने झरनालाई व्यवस्थित गरिसकेपछि दैनिक एक हजार ५ सय पर्यटक आउने अपेक्षा हामीले गरेका छौं । शक्तिखोरमा सिन्तीसंगै चित्राम,नाइबन्दी झरना,नागदह,सिन्ती गुफा र एतिहासिक महत्व वोकेको कालिका मन्दिरले पर्यटकलाई लोभ्याउने छ ।