कांग्रेस असन्तुष्ट पौडेल समूहको बैठक सुजाता निवासमा

काठमाडौं,२६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुको बैठक कांग्रेस नेतृ सुजाता कोइरालाको निवास खुमलटारमा सुरु भएको छ।

बैठकमा पौडेल, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, डा शेखर कोइराला र सुजाता कोइराला सहभागी छन्।

पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गरिएको प्रक्रियाप्रति पौडेल समूह असन्तुष्ट छ। साथै, नेविसंघको उमेर हद केन्द्रीय कार्यसमितिबाट बहुमतबाट पारित भएपछि उक्त समूहले असन्तुष्टि जनाउँदै आएको छ।

महासमिति बैठक हठात् सारिएको भन्दै सभापति शेरबहादुर देउवाको पौडेलले आलोचना गरेका छन्। महासमिति बैठक,उपसभापतिमा गच्छदारको मनोनित प्रक्रिया, विधान र नेविसंघको विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ।