चितवनको पहिलो रेडियो सिनर्जी एफ एम ९१.६ मेगाहर्ज १८ वर्षमा प्रवेश

 

चितवन, २६ कार्तिक । चितवनको पहिलो रेडियो सिनर्जी एफ एम ९१ दशमलब ६ मेगाहर्ज आज देखि १८ वर्षमा प्रवेश गरेको छ । सिनर्जी एफ एम ले २०५८ साल कार्तिक २६ गते चितवनको भरतपुरबाट आफ्नो प्रशारण शुरु गरेको थियो । आज १७ औं वर्षगाँठको अवसरमा एफ।एम।ले एक विषेश कार्यक्रम गरी वार्षिकोत्सव मनाउदैछ ।

१८ औं वार्षिकोत्सवको खुशीयालीकोे अवसरमा विज्ञप्ती जारी गर्दै रेडियोका प्रवन्ध निर्देशक सहनलाल प्रधानले रेडियोमा आवद्ध सम्पुर्ण सहकर्मी तथा श्रोताहरुमा शुभकामना दिनुभएको छ । उहाँले रेडियोलाई स्थापनाकाल देखि आजका मिति सम्म प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण श्रोता, विज्ञापनदाता, विभिन्न संघ सस्था तथा सहकर्मी रेडियो स्टेशन एवम् शुभचिन्तकहरुमा आभार प्रकट गर्नुभएको हो । एफ।एम। का प्रबन्ध निर्देशक प्रधान द्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ “रेडियोलाई अझ सशक्त र परिमार्जित ढंगले अगाडी बढाउन विभिन्न नया कार्यक्रमहरु रेडियोले थप गरिने छ ।“ एफमले १८ औं वर्ष संगै सिनर्जी नगर खवर, जन वहस लगयतका कार्यक्रम सुरु गरिने वताइएको छ ।
चितवनको लोकप्रिय रेडियो सिनर्जी एफ एमले यस क्षेत्रको सामाजिक र आर्थिक बिकासका लागि स्थापनाकाल देखिनै सशक्त भूमिका खेल्दै आई रहेको स्मरण गराउदै आगामी दिनमा पनि समाजको हरेक क्षेत्रमा एफ।एम।ले आफ्नो भूमिका निर्बाह गर्ने विज्ञप्तीमा बताइएकोे छ ।

यस अघि वार्षिकोत्सव कै अवशरमा एफएमले श्रोता तथा विज्ञापनदाताहरुसँग अन्तक्र्रिया तथा सुझाव संकलन समेत गरेको थियो । टोल टोलमा सिनर्जी कार्यक्रम मार्फत जनप्रतिनिधिहरुको काम र प्रभावकारीताका विषयमा चितवनका विभिन्न स्थानमा गई जनप्रतिनिधि र स्थानियहरु बीच छलफल समेत गरेको थियो ।