नवलपरासीमा बस दुर्घटना : २५ जना घाईते , तीनको अवस्था गम्भिर

नवलपरासी, २६ कात्तिक । दाङ्बाट काठमाण्डौका लागि छुटेको बस आज बिहान नवलपरासीको अमरापुरीमा दुर्घटनामा परेको छ । बस आफै अनियन्त्रित भएर पल्टिदा २५ जना घाइते भएका छन् । घाइते मध्य तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।दाङ्गबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस आफै अनियन्त्रित भएर पल्टिएको हो ।

दुर्घटनामा परी घाइते भएका मध्य दाङघोराही उपमहानगरपालिका १५, बस्ने २८ वर्षीय होम बहादुर पोखरेल,दाङशान्तिनगर गाउँपालिका एक बस्ने एक वर्षीय बालक यनुष बिक र तुलसीपुर बस्ने २४ वर्षीय लक्ष्मि बस्नेतको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दशजनाको अवस्था मध्यम र बाह्र जनाको अवस्था सामान्य रहेको छ ।

घाइते मध्य १९ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।