प्रहरीद्वारा सम्बन्धित धनीलाई चोरी भएको मोटरसाईकल हस्तान्तरण, भिडियो

चितवन, २५ कार्तिक । चोरी भई प्रहरीले नियन्त्रणमा लिएको एउटा मोटरसाईकले सम्वन्धीत धनीलाई हस्तान्तरण गरिएको छ ।                                    इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको पल्सर मोटरसाईकल राप्ती ७ सिक्सगु्रपका सुक वहादुर थापा मगरलाई आईतवार हस्तान्तरण गरिएको हो ।              गत असोज १६ गते मगरको ना ५१ प ७२०९ नम्वरको मोटरसाईकल घरबाटै चोरी भएको थियो । चेकिङका क्रममा टाँडी प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिएको थियो । मोटरसाईकलको इन्जिन नम्वर ,कागजपत्रका साथ मगर दावी गर्न आएपछि उनलाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) दयानिधी ज्ञवालीले जानकारी दिए । उनले पत्रकारको रोहवरमा मोटरसाईकल हस्तान्तरण गरेका थिए । पछिल्लो तीन महिनामा टाँडी प्रहरीले विभिन्न ठाँउमा गरेको चेकिङ,सुराकीका आधारमा २६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । पछिल्लो दुई हप्ताको अवधिमा थप दुई वटा चोरीका मोटरसाईकल पनि नियन्त्रणमा लिईएको डिएसपी ज्ञवालीले वताए । नियन्त्रणमा लिईएको मोटरसाईकलका लागि सम्वन्धीत व्यक्तीले इन्जिन नम्वर र कागजपत्रका साथ दावी गर्न आए हस्तान्तरण गर्दै जाने उनले वताए । दावी गर्न नआए भन्सार कार्यालय पठाईने प्रहरीले जनाएको छ । चोरी भएको मोटरसाईकल प्राप्त गरेपछि थापा मगरले प्रहरीलाई धन्यवाद दिदै खुसी व्यक्त गरे । इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक उमेशमान अमात्यका अनुसार कार्यालयमा प्रहरीको नयाँ टिम रहेकाले कडाईका साथ कामकारवाही भईरहेको छ ।