लोकतन्त्र देशका लागी खराब शासन ब्यवस्था :पुनरुत्थानबादी शंक्ती नेपाल

प्रकास सिग्देल

चितवन, २५ कार्तिक । पुनरुत्थानबादी शंक्ती नेपालले लोकतन्त्रबादी शंक्ती माथी बिजय गर्ने शंक्तिको आवस्यकता रहेको बताएको छ । भरतपुरमा पत्रकार सम्मेलन गर्दै लोकतन्त्र संसारको सबै भन्दा खराव शासन ब्यवस्था भएको र यो शासन ब्यवस्थाले नागरिकलाई दाशी बनाउने र टोलटोलमा शासकहरुको निमार्ण गर्ने भएकाले यो व्यवस्थामा कोही पनि देश र जनता प्रति उत्तरदायी नहुने भन्दै यो ब्यवस्थानै खारेजी हुनु पर्ने बताएको हो ।

नेपालमा राणा शासनको बिरुद्ध २००७ सालमा कांग्रेसले लोकतन्त्र भित्र्याएपछिनै नेपालको खराव दिनको शुरुवात भएको पार्टिका नेताहरुको ठहर छ । आज भन्दा २४ सय वर्ष पहिला महान् दार्शनिक अरस्तुले लोकतन्त्र भनेको उत्पीडीत वर्गमाथी गर्ने अत्याचारको शासन हो भनि उल्लेख गर्नु भएको र लोकतन्त्र आईहाले त्यसलाई अपदस्त गर्नु पर्ने बिचार ब्यक्त गर्नु भएकोले अहिलेको नेपालको ब्यवस्था त्यस्तै भएकाले यसलाई खारेज गर्नु पर्ने बरिष्ठ अधिवक्ता कोषराज काफ्लेले बताउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै पुनरुत्थानबादी शंक्ती नेपालका नेता तारा बरालले देशबाट लोकतन्त्र खारेज गरी १ जनामात्रै कमाण्डर र नेता हुने उदारबादी तानाशाहको देशमा स्थापना गर्नु पर्ने बिचार ब्यक्त गर्नु भयो । आफ्नो पाटिले गैरकानुनी रुपले सरकारी र निजि दोहोरो जागिर खाने डाक्टरलाई कानुनी कारबार्हीमा ल्याई सरकारी स्वस्थ्य संस्थको प्रर्वधन गर्ने, दोहोरो जागिरखाने प्राध्यापक शिक्षकलाई कानुनी कारबार्हीमा ल्याई आगींक क्याम्पसमा बिद्यार्थी स्थानान्तरण गरी शिक्षकलाई पुर्ण रुपमा सरकारी बनाउने, निजि बिद्यालय खारेज गराउने , सरकारी बिद्यालयको पुन उत्थान गर्ने, अतिक्रमण भएका सरकारी बिद्यालयको जग्गा फिर्ता गराउन निजि बिद्यालयका बिद्यार्थीलाई सरकारीमा स्थानान्तरण गराउने , सरकारी बिद्यालयका अस्थाई शिक्षक कर्मचारीलाई स्थाई बनाउने, योजनाहरु सहित अगाढी बढेको बताउदै बरालले त्यसका लागी न्यायलय र नेपाली सेनाको समेत साथ लिएर काम गर्ने बताउनुभयो । त्यस्तै अव्यवस्थित प्लटिङ रोक्नका लागी भुसंरक्षण समितिको गठन गर्ने,भु तथा जलाधार क्षेत्रको घोषणा गर्न सरकारलाई दवाब समेत दिने र भु माफियाहरुलनई कानुनि कठघेरामा उभ्याउने बताउनु भयो ।

भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भत्तमान श्रेष्ठलाई अधिवत्ता कोषराज काफ्ले र आफ्नो पार्टीको पहलमा कानुनी कठघेरामा ल्याउन सफल भएको बताउदै बरालले राज्य सम्पतिको दुरुपयोग गर्ने अरु चिकित्सक र प्राध्यापकहरुलाई पनि कानुनी कारबार्ही गर्ने तर्फ प्रक्रिया अगाढी बढाउने बताउनु भयो ।