लागुऔषधसहित पक्राउ

काठमाडौँ, २५ कात्तिक । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले धनुषा जनकपुर उपमहानगरपालिका–५ बस्ने ३० वर्षीय अब्दुस समद रेखाँ खाँलाई कात्तिक २० गते कोटेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

नक्कली प्रहरी पक्राउ

महानगरीय अपराध महाशाखाले नक्कली प्रहरी बनेर ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले वैदेशिक रोजगारीमा फसेको पैसा उठाइदिन्छु भनी महाशाखाको नक्कली प्रहरी सहायक निरीक्षक ९असई० बनेर ठगी गर्ने सिन्धुपाल्चोक चौताराका ३१ वर्षीय नारायण अधिकारी भन्ने नारायण विश्वकर्मालाई कात्तिक २१ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

वैदेशिक रोजगारमा मकाउ जानका लागि कृष्ण चौधरीले विचौलिया खुश्वु गुरुङ रकम बुझाएकामा गुरुङले चौधरीलाई रकम फिर्ता नगरेपछि विकले आफू महाशाखाको प्रहरी हुँ भन्ने र केश मिलाइदिन्छु भनेर रु एक लाख मागेर ठगी गरेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका विकसँग प्रहरीले नगद रु १६ हजार, मतदाता परिचय पत्र, एनटिसी र एनसेलको सिमकार्ड बरामद गरेको छ । महाशाखाले पक्राउ परेका विकलाई मुलुकी फौजदारी अपराध ९संहिता० ऐन २०७४ परिच्छेद २१ को ठगीसम्बन्धी कसुरमा आवश्यक कारवाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको जनाएको छ । रासस