पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै कञ्चनपुरमा अनिश्चितकालीन धर्ना

कञ्चनपुर,२५ कात्तिक ।   बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ ।
नागरिक संघर्ष समितिले आइतबार ¥यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना सुरु गरेको हो ।
निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा रातदिन नै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने नागरिक संघर्ष समितिले बताएको छ ।
यसअघि निर्मला पन्तका बुबा यज्ञराज पन्तले सरकारले दोषी पत्ता लगाउन नसके आफ्नो परिवार आमरण अनशन बस्ने चेतावनीसमेत दिइसकेका छन । अनिश्चितकालीन धर्ना दिने र धर्नापछि पनि हत्यारा पत्ता लगाएर सार्वजनिक नगरे परिवार नै आमरण अनसनमा बस्ने पन्तले बताएका छन ।