प्रबक्ता सरस्वती लामाको सक्रियतामा वडा नं ९ का ज्येष्ठ नागरिकको घरमै उपचार

चितवन २४ कार्तिक । रत्ननगर नगरपालिकाकी प्रबक्ता सरस्वती लामाको सक्रियतामा वडा नं ९ का बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । नगरपालिकाले सुरु गरेको घरघरमै स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत प्रबक्ता लामाको सक्रियताका सो वडामा रहेका ७० बर्ष माथीका बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण गरिएको हो । कार्यपालिका सदस्य तथा वडा सदस्य सरस्वती लामाको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोलीले ५९ जना बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण गरी औषधि समेत दिएका थिए । स्वास्थ्यकर्मीको टोली घरघरमै पुगेर बृद्धबृद्धाहरुको मधुमेह र उच्चरक्तचापको परीक्षण गरी औषधि वितरण गरिएको प्रबक्ता लामाले जनाकारी दिइन । रत्ननगरमा गत भदौ ४ गतेबाट बृद्धबृद्धाको घरघरमै उपचार गर्ने कामको सुरुवात गरिएको थियो । स्वास्थ्यकर्मीहरुको टोलीले वडागत रुपमा वृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण गरिरहेका छन । अहिले सम्म वडा नं ५,६,७,८,११,१२,१३,१४,१५का बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण गरिसकिएको प्रबक्ता लामाले जानकारी दिइन । नगरपालिकाले नगर स्तरीय योजनामै पारेर नगर भित्रका बृद्धबृद्धाहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण सुरु गरेको मेयर नारायण वनले बताए ।