राप्ती नगरमा सडक घटनामा परि एक मुत्यु, हर्दिमा अवरुद्ध सडक सुचारु

 

चितवन २४ कात्तिक । पूर्वी चितवनमा पर्ने पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीको हर्दिमा आज बिहान गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। घटनापछि मृतकका आफन्त एवं स्थानीय बासिन्दाले राजमार्ग बन्द गराएको सडक २ घण्टापछि खुलेको छ ।

बिहान साढे ८ बजेदेखि सडक बन्द सडक १० बजे खुलेपछि अहिले सवारीसाधनको आ आफ्ना गन्तव्य तर्फ
लागेका छन् ।
राजमार्ग खुलाउने विषयमा पीडित पक्ष एवं आन्दोलित स्थानीय बासिन्दासँग गाडी तत्कालै खोजी गर्ने उचित क्षतिपूर्ती समेत तत्कालै उपलब्ध गराउने सहमति पछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बिहान साढे ३ बजेतिर चितवनको राप्ती नगरपालिका ९ मा पर्ने हर्दिमामा नम्बर नखुलेको सवारीसाधनले ना ४० प ७०२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २९ वर्षीय रमेशबाबु त्रिपाठीको मृत्यु भएको थियो।

दुर्घटनमा परी गम्भीर घाइते भएका त्रिपाठीलाई उपचारका लागि चितवनकै भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडी के थियो भन्नेसमेत नखुलेको बताइएको छ।