गाउँ स्तिरिय लट्ठी नाच प्रतियोगीतामा रत्ननगरको देवौली गाउँ प्रथम

सन्तकुमार चौधरी
चितवन २३,कार्तिक । सोहराई पर्वको अवसरमा यूथ क्लब रत्ननगर हर्दीले आयोजना गरेको गाउँ स्तिरिय लट्ठी नाच प्रतियोगीतामा इन्द्रेणी यूवा क्लब देवौली प्रथम भएको छ । यस्तै प्रतियोगीतामा न्यू स्टार महिला समुह,गड्यौली पदमपुरले द्धितिय हुन सफल भएको छ भने ब्राम्हा यूवा क्लब बाघमारा तृतिय हुन सफल भएको छ ।

विजेताहरुलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
युवाहरुलाई लक्षित गरेर लट्ठी नाचलाई नै प्राथमिकतामा राखेर पूर्वी चितवनको रत्ननगर ८, हर्दीमा आयोजना गरिएको यो रत्ननगरमै पहिलो कार्यक्रम हो । यस अघि सबै उमेर समहुलाई लक्षित गरेर विभिन्न खालका सांस्कृतिक कार्यक्रम, सांस्कृतिक झम्टा नाच प्रतियोगीताहरु आयोजना भएपनि युवा वर्गलाई नै लक्षित गरेर लट्ठी नाच प्रतियोगीता गरिएको यो पहिलो पटक हो । प्रतियोगीतामा सहभागी भएका सबै टिमहरुमा युवाहरु छन् ।
कार्यक्रममा राष्ट्रिय गायक मिलन लामाले झण्डै आधा दर्जन थारुसँगै नेपाली गीत गाएर दर्शकलाई नचाए । छनियामा लउका, हमार थारु गाउँमा हावा चललई सरसर … जस्ता गीत गाएर दर्शकलाई समेत छमछमती नचाए । यस्तै स्थानीय गायक रोहित सिंह चौधरीले समेत थारु गीतमा दर्शकलाई उफारे ।
सोहराई पर्वको अवसरमा थारुहरुको सांस्कृति तथा पोशाकहरुको संरक्षणगर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक क्बलका उपाध्यक्ष कृष्ण महतोले जानकारी दिनुभयो । वडा अध्यक्ष विनोद बस्नेत प्रमुख अतिथि रहनुभएको कार्यक्रममा थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य चन्द्राकुमारी चौधरी, लक्ष्मण चौधरी र संचारकर्मी उर्मीला चौधरी निर्णायक मण्डलमा रहेका थिए । कार्यक्रम क्लबका अध्यक्ष देवराज चौधरीको अध्यक्षतामा आयोजना गरिएको थियो । प्रतियोगीतामा पूर्वी चितवनका ६ वटा गाउँले सहभागीता जनाएका थिए ।