प्रलोभनमा धर्म बदल्नु निच काम हो : अध्यक्ष तिमिल्सीना

चितवन, २१ कात्तिक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सबैले स्वतन्त्रता पूर्वक आफ्नो धर्म मान्न पाउनुपर्ने बताएका छन् । नेपाल धर्मनिरपेक्ष मूलुक भएकाले यहाँ एकले अर्काको धर्मलाई सानो पार्ने र गाली गर्ने काम नगरि सबैलाई आफ्नो धर्म मनाउन समान अधिकार भएको तिमिल्सीनाले बताएका हुन् ।
बुधबार चितवनको वागीश्वरीमा सामुहिक गाई पूजामा सरिक हुँदै तिमिल्सीनाले नेपालमा विभिन्न धर्म, संस्कृति बोकेका मानिसहरु बस्ने भएकाले यहाँ धर्मिक पर्यटनको ठूलो सम्भावना भएको बताए । नेपालमा हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित धेरै धरोहरहरु भएकाले चिन र भारतलाई नेपाल हुँदै कोरला नाकासँग जोड्न सकेमा नेपालले पर्यटन क्षेत्रमा फड्को मार्न सक्ने तिमिल्सीनाको भनाइ छ । हामीले अरुलाई सम्मान गर्दै जाँदा प्रलोभन दिएर, झुटा आश्वासन दिएर, दवाव दिएर धर्म परिवर्तन गराउने र आफू तर्फ ल्याउनु निच कार्य भएकाले त्यो कुनै धर्म नभएको तिमिल्सीनाले बताए ।
योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा वर्षेनि लक्ष्मी पूजाको दिनमा सामुहिक गाई पूजा हुँदै आएको छ । गाई पूजाको अवसर पारेर बुधबार नै केन्द्रले गौ संरक्षण केन्द्रको व्यवस्थापनमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो ।