सिद्देश्वरीको शुभकामना आदानप्रदान तथा शेयर प्रमाणपत्र वितरण

चितवन २१ कार्तिक । रत्ननगरमा रहेको सिद्देश्वरी पशुपालक कृषक समुहले बुधवार दीपावलीको शुभकामना आदानप्रदान तथा शेयर प्रमाणपत्र वितरण कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागी कृषकहरुले दीपावलीको शुभकामना आदान प्रदानसंगै ८३ जना शेयर सदस्यहरु प्रमाणपत्र वितरण गरिएको रत्ननगर कार्यपालिका सदस्य तथा नगर प्रबक्ता सरस्वती लामाले जानकारी दिइन । प्रदेश सभा साँसद कृष्ण प्रसाद खनाल प्रमुख अतिथि रहेको कार्यक्रममा वडा अध्यक्ष रोशन आचार्य,व्यवसायिक पशु पालक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर बगाले,नगर स्तरीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष शिवकान्त पौडेल लगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष शंकर धितालको अध्यक्षतमा कार्यक्रम भएको थियो । २०७५ सालमा स्थापना भएको सो संस्थाले हाल दैनिक १५० लिटर दुध संकलन गर्दै आएको छ । संस्थाका सचिव झलक खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।