यी अनौठो व्यक्ति जसले ६० वर्ष देखि नुहाएका छैनन्

काठमाडौं,२१ कात्तिक । संसारमा धेरै अनौठा ब्यक्ति भेटिन्छन् । ती व्यक्तिहरु पनि आफ्ना अनौठा क्रियाकलापका कारण चर्चामा हुन्छन् । त्यस्तै इरानका यस्ता एक ब्यक्ति जो ६० वर्षयता नुहाएकै छैनन् । तपाइलाइ आस्चर्य लाग्ला साच्चै नै इरानका ८० वर्षीय अमो हाजी अझ सम्म नुहाएका छैनन् ।यी ८० वर्षीय अमो हाजी अहिले आफ्नो अनौठो जीवनशैलीका कारण चर्चित छन् । हामिहरु ननुहाइकन कति समयसम्म बस्न सकिन्छ ।हामि १ दिन, एक साता वा एक महिना रु तर, इरानका ८० वर्षिय यी बृद्ध ६० वर्षदेखि ननुहाएर विश्वकै सवैभन्दा फोहरी व्यक्ति बनेका छन् । अमो हाजी फोहरी व्यक्ति बनेर अजिव तरिकाले जीवन बिताइरहेका छन् । उनले आफु २० वर्षको हुँदा नुहाउन छाडेका थिए । त्यति मात्र होइन उनले ६० वर्षदेखि शरीरमा एक थोपा पनि पानी पर्न दिएका छैनन् । नुहाएमा आफू विरामी पर्ने उनको दावी छ ।

उनी जनावरका सडेगलेका मासु खाने आफ्नो खाना र पिउने पानी पनि कहिल्यै सफा राख्दैनन् । पानी पनि फोहर नै पिउँछन् । जव उनको कपाल लामो हुन्छ उनी काट्नुको साटो जलाउँछन् । उनको शरीरमा बश्त्र पनि कहिल्यै सफा हुँदैन । चिसोबाट बच्न भने उनी हेलमेट लगाउँछन् । तर, पनि उनलाई आफ्नो अनुहार सुन्दर लाग्छ ।३८ वर्षसम्म ननुहाएर विश्वमा सवैभन्दा लामो समयसम्म ननुहाएको कीर्तिमान भारतका ६६ वर्षका कैलाश सिंहको नाममा छ । तर, कैलाशको कीर्तिमान आफूले धेरै अघि तोडेको हाजीको दावी छ ।