रत्ननगरमा १० मा निर्माण गरिएको प्रवेशद्धारको उद्घाटन

चितवन २१ कार्तिक । रत्ननगर नगरपालिका वडा नं १० को शिवनगर टोलमा निर्माण गरिएको आर्कषक प्रवेश द्धारको बुधवार विहान उद्घाटन गरिएको छ । शिवनगर टोल विकास संस्थाले समाजका विभिन्न व्यक्तिहरुबाट आर्थिक संकलन गरी निर्माण गरेको सो प्रवेशद्धारको वडा अध्यक्ष केशव आचार्यले उद्घाटन गरेका थिए । सो अबसरमा उनले राज्यसंग सहकार्य गरी समुदाय स्तरबाट विकास निर्माणको काम हुनु सुखद सुरुवात भएको बताए । टोल विकास संस्थाले वडा कार्यालय सहित ६५ जनाबाट रकम संकलन गरी प्रवेशद्धार निर्माण गरेको संस्थाका अध्यक्ष मधु अधिकारीले जानकारी दिए । २ लाख १६ हजारको लगानीमा प्रवेशद्धार निर्माण गरिएको निर्माण समितिका कोषाध्यक्ष तर्कबहादुर बोहराले जानकारी दिए । कार्यक्रममा टोल विकास संस्थाले टोलको सामाजिक तथा आर्थिक विकासमा योगदान दिएका ज्येष्ठ नागरिक चेतबहादुर चौलागाइ,बासुदेब अधिकारी र वालकुमार श्रेष्ठलाई सम्मान गरेको थियो । कार्यक्रममा वडा सदस्य तथा नेकपाका नगर प्रतिनिधि कमल बहादुर घिमिरे,नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे,काँग्रेसका वडा प्रतिनिधि कलाधार पौडेल,नेकपाका वडा प्रतिनिधि सुनिता श्रेष्ठ,वडा सदस्य सीता भेटवाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष मधु अधिकारीको अध्यक्षतामा भएको थियो ।